बाराका पत्रकार चौधरीको मोटरसाइकल दुर्घटना

रातोघर

 २ बैशाख २०७६, सोमबार २१:२७  मा प्रकाशित
१३९ पाठक संख्या



सिमरा  । 

बाराका पत्रकार जियालाल चौधरी आज साँझ मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन् । जिल्लाको कोल्हवी नगरपालिका ७ पर्सौनामा टाटासुमोले चौधरीको मोटरसाईकललाई ठक्कर दिएको हो ।

साँझ सवा ६ बजे उनि चढेको प्लाटिना मोटरसाईकललाई ना १ ज ३६०६ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो । घाइते चौधरीको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । चौधरीको कोल्हवीको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

Write your Comment