कक्षा १ मा प्रथम भइन् ‘प्रधानमन्त्रीकी छोरी’

रातोघर

 ३ बैशाख २०७६, मंगलवार ०८:४०  मा प्रकाशित
३६९ पाठक संख्या



मुगु ।

आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म  ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् ।

अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए ।

मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ  लामाले ८३ प्रतिशत अंंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन् ।

उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए ।

-lokantar

Write your Comment