चितवनको खैरहनीमा महिलाले संकलन गरेको खाधान्न बाराका आँधी पिडितलाई

रातोघर

 ३ बैशाख २०७६, मंगलवार १३:५८  मा प्रकाशित
३५७ पाठक संख्या


पुष्पराज खतिवडा, बारा ।

प्रदेश नं.३ को चितवन जिल्ला खैरहनी नगरपालिका १० मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड कठारले बारा पर्साका आँधी प्रभावितहरुमा खाध्यान्न सामाग्री वितरण गरेको छ ।

कठार साना किसान सहकारीले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा आवद्ध महिला सदस्यहरु मार्फत संकलन गरेको करिब १ लाख ५० हजार मुल्य बराबरको खाध्यान्न बारा पर्साका आँधी प्रभावितमा वितरण गरेको हो ।

संस्थाले विपद्मा परेका बारा पर्साका १ सय ३६ परिवारमा १२ केजी चामल, ५ केजी आलु २ केजी दाल र प्रभावित भित्रका साना किसान सुत्केरी सदस्यहरुमा परिवारमा २ लिटर तोरीको तेल समेत वितरण गरेको हो ।

संस्थाले कलैया उपहानगरपालिका १८ मोतिसर स्थीत प्रस्तावित साना किसान सहकारी संस्था लिमिटेड मोतिरमा आवद्ध ७६ सदस्य परिवारले समेत खाध्यान्न सामाग्री प्राप्त गरेका छन् । नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडकी संचालक समेत रहेकी कठार साना किसान सहकारी संस्थकी अध्यक्ष गीता के.सी.को नेतृत्वमा बाराका आएको टोलीले मोतीसर स्थीत शिवपार्वती मन्दिर परिषरमा विशेष कार्यक्रमको आयोजना गरी आँधी प्रभावित साना किसानहरुमा राहत सामाग्री वितरण गरिएको हो ।

संस्थाले आँधी प्रभावित सदस्यहरकालागि कठारका महिला सदस्यहरुबाट स्वस्फुर्त संकलित चामल, आलु ,दाल र तेलमा संस्थाको राहतकोषबाट खाध्यान्न बारा पर्साका आँधी प्रभावितमा वितरण गरेको अध्यक्ष केसीले जानकारी दिईन् । प्रभावित क्षेत्रमानै आएर स्थानिय प्रभावित साना किसान महिलाहरुको हातमामा राहत दिन पाउँदा गौरव मसहुसर भएको उनले बताईन् ।

स्थानिय साना किसान कार्यक्रमसँग समेत समन्वय गरी सहज रुपमा राहत सामाग्री वितरण गरिएको कठार साना किसान सहकारी अध्यक्ष केसिले जानकारी दिईन् । केसीका अनुसार बाराको कलैया उपमहानगरपालिका १८ मनगढवा र भरवलियाका ७६,सिम्रौंगढका २ र विरगजं महानगरपालिका २७ उदयपरघुर्मीका ५१ लाई स्थलगत रुपमै खाध्यान्न सामाग्रि वितरण गरिएको हो ।

प्रस्तावित साना किसान मोतिसर जीतपुरसिमरा १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा संचालित अनुशरण कार्यक्रम हो । साना किसान मोतीसरमा ३९० महिला सदस्य छन् । संस्था दर्ताको अन्तीम तयारीमा रही स्थानिय समुदायमा हस्तान्तरणको प्रकृयामा छ । प्रस्तावित संस्थाको आँधी प्रभावित ७६ सदस्यमा करिब २० लाख रुपैंया कर्जा परिचालनमा रहेको संस्थाले जनाएको छ ।

बारा स्थीत मोतीसरको कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी प्रस्तावित संस्थाका कर्मचारी प्रमानन्द चौरसिया, मिना यादव त्यसैगरी साहत लिएर आउने संस्था चितवन कठारका मुख्य प्रबन्धक पूर्णमाया अधिकारी, सल्लाहकार समितिकी संयोजक कल्पना पाठक लगायतकाको सहभागिता रहेको थियो ।

Write your Comment