सिमरा ।
सरकारले भुमि ब्यवस्था ऐन संशोधन गरी सेवाग्राहीलाई सोझै पहुँच पुर्याउन सेवामा सरलता दिने ब्यवस्था मिलाएपनि लेखापढी ब्यवसायी भने आफ्नै अडानमा छन् ।
उनीहरु सेवाग्राहीले सोझै मालपोत र नापीबाट सेवा लिन नसक्नेगरी सर्वोच्चको आदेश भन्दै मालपोत सिमरामा अँकुश अझैपनि लगाउँदै छन् र ठट्यौली शैलीमा आन्दोलित छौँ भन्दैछन् ।
यसरी मंगलबारदेखी लेखापढी ब्यवसायीले सेवा दिन रोकेर आन्दोलित बनेका छन् । उनीहरुले कार्यालयका कर्मचारीले सेवाग्राहीलाई काममा ढिलासुस्ती गरेको आरोप लगाउँदै सेवामा छिटोछरितो नभएसम्म अनिच्तितकालका लागी कलम बन्द गरेको घोषण गरेका हुन् ।
लेखापढी ब्यवसायी संघ इकाई समिती सिमराका अध्यक्ष पवन कुमार पोख्रेलको नेतृत्वमा उनीहरुले आफ्नो सेवा कार्यालय बन्द गरेका छन् ।
उनीहरुले जग्गा राजिनामाका लागी सोधपुछ र रसिद काटिसकेको लिखतलाई पारीत नगरी पुनः किन्ने बेच्नेको रहोबर खोजेको, दृष्टीबन्धकी, अँशबण्डा लगाएतका काममा मोठ भिडाउन, कम्प्युटरमा दाखिला गर्न, पारित भएको जग्गाको पुर्जा बनाउन आदी कार्यमा कर्मचारीले ढिलासुस्ती गरी सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै कलम बन्द गरेको संघका अध्यक्ष पोख्रेलले बताए ।
कार्यालयमा प्रमुख नहुँदा कर्मचारीको मनोपोली बढेको र सानो कामका लागीपनि लेखापढी ब्यवसायीसंग पैसा माग्ने गरेको समेत उनीहरुको गुनासो छ ।
यता कर्मचारीहरुले भने ब्यवसायीको मनोमानी रोकेको कारण उनीहरु असन्तुष्ट भएको बताएका छन् । जग्गा नामसारी जस्तो गम्भिर कुरामा पनि पावर पहुँच देखाउँदै किन्ने बेच्नेको रहोबर बिनै पास गराउन खोज्ने ब्यवसायीहरु पछिल्लो समय कार्यालयको सेवामा चुस्तदुरुस्त हुन थालेपछि उनीहरु असन्तुष्ट बनेको कर्मचारीको भनाई छ ।
यता मालपोत र नापीको कुनैपनि सेवाका लागी तिनै लेखापढी ब्यवासायीको भर पर्ने गरेका सेवाग्राही भने बिचैमा काम रोकिदिएपछि सोमबार दिउसो अन्योलमा परेका थिए ।
दुईदिन देखी पुर्जा लिन पर्खेका एक सेवाग्राही मंगलबार पनि बिहानैदेखी आएका थिए । यद्यपी उनी अन्योलका बिच मंगलबार पनि रित्तै घर फर्किए ।
ब्यवसायीहरुको कार्यालयमा बिभिन्न कामले आएका सेवाग्राही समेत काम नहुने भनेपछि आक्रोसित देखिन्थे ।
अब लेखापढी ब्यवसायीको आवस्यकता छैन – प्रमुख जिल्ला अधिकारी
बिभिन्न बहानामा मालपोत र नापी कार्यालयलाई भष्टाचारको अखडा बनाउन मलजल भर्ने लेखापढी ब्यवसायी नै आवस्यक नरहने गरी भुमि ब्यवस्था ऐनले सिफारिस गरेको छ । सोही अनुरुप काम कारवाहीका लागी मालपोत सिमरामा आवस्यक तयारी गरेको बाराको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
लेखापढी ब्यवसायीको असन्तुष्टीको कुनै तुक नरहेको भन्दै भोलीबाटै मालपोतमा अस्थाई थप कर्मचारी ब्यवस्थापन गरी सेवाग्राहीको काममा कुनै ढिलासुस्ती हुन नदिने उनको भनाई छ ।
‘मैले त्याँहाको इलाका प्रशासनलाई पनि सहजीकरणका लागी भनिसकेको छु , त्याहाँका राजनितिक दलका प्रतिनिधि र वडा कार्यालयको सहजीकरणमा भोलीबाटै सहयोग टेवल स्थापना गरी लेखापढी ब्यवसायी बिनै कामकाज अगाडी बढ्छ,’ पौडेलले भने, ‘अब लेखापढी ब्यवसायी अवस्यक नै छैन, सेवाग्राही सोझै कार्यालय गएर आफ्नो काम आफैले गर्ने वातावरण सिर्जना गर्न तपाईह्रुले पनि सहयोग गर्नुपर्यो ।’
भोलीबाटै निशुल्क स्वयमसेवी खटिने छन् – वडा अध्यक्ष घिमिरे
लेखापढी ब्यवसायीले काम बन्द गरे मालपोत र नापी कार्यालयको सेवामा समस्य नभई झन सहज हुने सोही कार्यालय रहेको वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरेको तर्क छ ।
लेखापढी ब्यवासायीको अखडाले सेवाग्राहीलाई आर्थिक रुपमा पनि भार परेको भन्दै भोलीबाट सहयोगी डेस्क खडा गरी मालपोत र नापीको सेवा लिन आउने सेवाग्रहीलाई सहज ढँगमा सेवा दिन आफुले भुमिका निर्वाह गर्ने बताए ।
यसैबिच यहाँका राजनितिक दलहरुपनि मालपोत र नापीको कामकाजमा कुनै बिचौलियाको निगाहबिनै सरल र छिटोछरितो ढँगबाट हुनुपर्नेमा सहमत छन् । यधपी लेखापढी ब्यवसायीको ‘गरीखाने भाँडो’मा ताला लगाउन चुनौती भने अवस्य छ ।
मंगलबार मालपोत परिसरमै भेटिएका नेकपाका युवा नेता राजन पौडेल भने लेखापढी ब्यवसायीको कलम बन्दले खुशी छन् ।
अब यही बिरोधलाई अवसरका रुपमा लिई सेवाग्राहीलाई सोझै सेवा दिन सबैले सहजिकरण गर्नुपने आवस्यक देखेको उनी बताउँछन् ।
‘कमल बन्द गरेछन्, राम्रे भो, अब भोलीबाट सेवाग्राहीलाई उनीहरुले गर्ने काम निशुल्क रुपमा हामीले गर्नुपर्छ,’ उनले भने, ‘यसका लागी मिडियाले पनि चेतना जागरणको भुमिकामा लाग्नुपर्यो, तपाईहरुको पनि यसमा सामाजिक उत्तरदायित्व छ ।’
यधपी कार्यालयमा काम गर्ने कर्मचारीहरु पनि मर्यादित र पारदर्शी हुन आवस्यक छ । कर्मचारीहरु पनि सेवाग्राही र बिचौलियासंग सानादेखी ठुलासम्मको काममा घुस लिने गरेको पाइन्छ ।
कर्मचारीहरुले कार्यालयमा सिसि टिभी जडान गरेपनि सेवाग्रहीसंग सोझै ‘क्यामेर लुकाएर दिनुस्’ भन्ने गरेको कतिपय स्थानियको भनाई छ ।
कार्यालयमा कर्मचारीको मनपरी तन्त्र छ । नास्ता खान जाने भनेर घण्टौ हराउने कर्मचारीहरु लेखापढी ब्यवसायकै कार्यलयतिर भेटिन्छन् र सेटिँग मिलाएर सुर्ति मोल्दै कार्यालय फर्किन्छन् ।
कार्यालय प्रमुख बिहिन छ । कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका नायब सुब्बा मदन गुप्ता सम्पर्क बिहिन छन् । कार्यालयको करोडौँ रकम हिनामिना गरेको आरोपमा उनलाई अख्तियारले खोजीरहेको छ ।
भिडियो हेर्नुहोस –
Write your Comment