बारामा चट्याङ्ग लागेर चार जना घाइते

रातोघर

 ३ बैशाख २०७६, मंगलवार २१:३६  मा प्रकाशित
४१५ पाठक संख्या



बारा ।

बाराको कलैया उपमहानगरमा चट्याङ्ग लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ बर्षासंगै आएको हावाहुरी र चट्याङ्गमा परी नगरको १२ नम्बर वडा स्थित धर्मनगरमा रहेको महल इट्टा उद्योगमा काम गर्ने चार जना मजदुर घाइते भएका हुन् ।

उनीहरुको उपचारका लागी कलैया अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । धर्मनगरको नवल चौरसियाको महल इट्टा उद्योगमा कामदारले खाना पकाउने क्रममा चट्याङ्ग परेको हो । चट्याङ्गमा परी खाना पकाउने ग्यास पडकिदा आगलागी समेत भएको छ ।

घाइते मध्ये तीन जनाको अवस्था नाजुक रहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । आगो नियन्त्रण गर्न कलैया उपमहानगरपालिकाको वारुण यन्त्र परिचालन गरिएको नगर प्रमुख राजेश यादवले बताए ।

थप बिवरण आउन बाँकी छ ।

Write your Comment