मोबाइल रिचार्ज कार्ड विस्थापित, अब विद्युतीय प्रणालीबाटै रिचार्ज

रातोघर

 ४ बैशाख २०७६, बुधबार ११:०३  मा प्रकाशित
३४९ पाठक संख्या



काठमाडौं ।

सरकारले विभिन्न दूरसंचार कम्पनीहरुले जारी गरेका मोबाइल रिचार्ज कार्ड विस्थापित गर्ने भएको छ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहिलो चरणमा काठमाडौं उपत्यका र त्यसपछि देशभरै मोवाईलाका रिचार्ज कार्ड बन्द गरेर विद्युतिय प्रणाली मार्फत रिचार्ज गर्ने प्रवन्ध मिलाउन सबै दूरसंचार कम्पनीहरुलाई निर्देशन दिएको छ।

‘दूरसंचार कम्पनीहरुको सेवालाई पूर्णत विद्युतिय बनाउन ती कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई उपलव्ध गराउने रिचार्ज कार्डको सुविधा आगामी साउन १ गतेदेखि पहिलो चरणमा काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा विद्युतिय प्रणाली मार्फत गर्ने र यो व्यवस्था क्रमश मुलुकका सबै स्थानमा विस्तार गर्ने’ प्रधानमन्त्री कार्यालमा आज बसेको बैठकको निर्णयमा भनिएको छ।

बैठकमा मुख्यसचिव, प्रधानमन्त्री कार्यालयका सचिवहरु, नेपाल टेलिकमका प्रतिनिधि, एनसेलका प्रतिनिधि, दूरसंचार प्राधिकरणका प्रतिनिधि लगायतको उपस्थिति थियो। बैठकले मोवाईल सेवा प्रदायक कम्पनीहरुले आफ्ना ग्राहकलाई वितरण गरेको रिचार्ज कार्डलाई जेठ महिनाभित्रमा डिस्पोज गराउन पनि निर्देशन गरेको छ । कम्पनीले त्यस्ता कार्ड डिस्पोज गराउने अभियान थाल्ने पनि दूरसंचार कम्पनीहरुलाई निर्देशन गरेको छ।

रिचार्ज कार्डले प्रदुषण बढाएको ठहर गर्दे सरकारले विस्थापन गर्ने निर्णय गरेको हो । रिचार्ज कार्ड विस्थापन गरेर विद्युतिय प्रणाली मार्फत मोवाईल रिजार्चको प्रवन्ध मिलाउन पनि दूरसंचार कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ।

Write your Comment