हावाहुरी पिडितलाई काँग्रेसको ४१ लाख हस्तान्तरण (भिडियो सहित)

सभापती देउवाको २५ लाख राहत बोकेर बारा आइपुगे निधी

रातोघर

 ४ बैशाख २०७६, बुधबार १८:१४  मा प्रकाशित
७०० पाठक संख्या



सिमरा ।

बारामा केही दिनअघि आएको बिनासकारी हावाहुरी (टोनार्डो) बाट प्रभावितलाई पुर्ननिर्माणका लागी काँग्रेसले रकम हस्तान्तरण गरेको छ ।
बुधबार बाराको जितपुरसिमरामा काँग्रेसको २ नम्बर प्रदेश कमिटीले हावाहुरी पिडितको राहत र पुर्नब्यवस्थाबारे आयोजना गरेको एक औपचारिक कार्यक्रममा सो रकम हस्तान्तरण गरेको हो ।

प्रभावित क्षेत्रमै पुगेर काँग्रेसका केन्द्रिय सभापती पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा घोषणा गरिएको २५ लाख सहित प्रदेशका आठ वटै काँग्रेसका जिल्ला सभापतीले एक÷एक लाख दिने घोषणा गरेका हुन् ।

यस्तै महेन्द्र नारायण स्मृती प्रतिष्ठानबाट २ लाख, जनसम्पर्क समिती डेनमार्कबाट २ लाख १० हजार, मकाउ जनसम्पर्क समितीबाट ६० हजार, साँसद दिब्यवती राज भण्डारीबाट २ लाख लगाएतको रकम सहित संकलन गरिएको रकम जम्माजम्मी ४१ लाख रुपैँया काँग्रेस बाराको जिल्ला कमिटीलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा पार्टी सभापती देउवाको घोषित रकम २५ लाखको चेक बोकेर आएका काँग्रेसका उप सभापती बिमलेन्द्र निधीले यो संकलित रकम राहत भन्दापनि बर्खा लाग्नुअघि नै पुर्नबासको ब्यवस्थापनका गर्नका लागी बाराका जिल्ला सभापतीलाई आग्रह गरेका छन् ।

उनले प्रदेश र केन्द्र सरकारको तालमेल नमिल्दा पिडितको ब्यवस्थापनका लागी ठिलाई भइरहेको भन्दै आपक्ति ब्यक्त गरे ।
उनले पिडिलाई अन्योलमा नपार्न दुबै सरकारलाई आग्रह गर्दै प्रभावित क्षेत्रमा मानविय क्षती सहित अन्नबाली र पशुधनबारेको क्षतीमा सरकारले ध्यान नपुर्याएको समेत टिप्पणी गरे ।

संकलित रकम बाराका काँग्रेस सभाापती जयचन्द्र चौरसियालाई नगद र चेक सहित हस्तान्तरण गरिएको छ । रकम बुझ्दै चौरसियाले सो रकम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बताए ।

उनले केन्द्र भन्दापनि दुई नम्बर प्रदेशलाई नै यस बिपत्तिको सामाना र समाधान गर्नुपर्ने नैतिक जिम्मेवारी रहेका हुँदा सो रकम प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने बताए ।

यधपी केही अन्य जिल्लाका पार्टी सभापतीहरुले भने प्रदेश सरकारको आलोचना गरेका छन् । उनीहरुले प्रदेश सरकारले गहन रुपमा जिम्मेवारी पुरा गर्न नसकेको भन्दै संकलित रकम समेत प्रदेशलाई दिए हिनामिना हुने भन्दै पार्टीले नै जस् लिने गरी र पार्टीको पहिचान हुनेगरी राहत र पुर्नबासको ब्यवस्थापनको काममा जुट्नुपर्ने धारण राखे ।

कार्यक्रममा निधि सहित काँग्रेसका प्रदेश दुईका सबै प्रतिनिधि सभा साँसद, प्रदेश सभा साँसद, आठ वटै जिल्लाका पार्टी सभापती, निर्वाचित मेयर÷उपमेयर लगाएतको उपस्थिती थियो । कार्यक्रमलाई जितपुरसिमराका काँग्रेस नगर सभापती श्यामबाबु गुप्ताले संयोजन गरेका हुन् ।

भिडियो

Write your Comment