विप्लव कार्यकर्ताले जलाए मकवानपुरमा दुई ओटा गाडी

रातोघर

 ५ बैशाख २०७६, बिहीबार १०:०९  मा प्रकाशित
४५० पाठक संख्या


हेटौँडा ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले मकवानपुरको भीमफेदी र सिमभन्ज्याङमा दुई वटा गाडीमा आगजनी गरेका छन् । आफूद्वारा घोषित नेपाल बन्दमा गाडी चलाएको भन्दै उनीहरुले आगजनी गरेका हुन् ।

आगलागी गरिएको ना ४ ख ७९६० नम्बरको मिनी ट्रक हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको थियो । सो गाडीलाई भीमफेदी गाउँपालिका– ९ गोलमोडमा आगजनी गरिएको थियो ।

यसैगरी थाहा नगरपालिका ४ सिमभन्ज्याङमा जलाइएको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडी पालुङबाट हेटौँडातर्फ जाँदै गरेको थियो ।

Write your Comment