काठमाण्डौँँ ।
प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराका दुई स्थानमा बम भेटिएको छ ।
पोखरा–३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
उक्त बम डिस्पोज गर्ने क्रममा नेपाली सेना कालिभन्ज्याङ गणका नायक धर्मबहादुर थापा घाइते भएका छन् । हातमा चोट लागेका थापाको फिस्टेल अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
पोखरा २९ स्थित सैनिक बस्तीमा पनि सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय शिशुवाका डिएसपी मोहन बहादुर खाँडले जानकारी दिए । घटनास्थलमा नेपाली सेनाको टोली डिस्पोजका लागि पुगिसकेको छ ।
Write your Comment