स्वार्गीय पिताको स्मृतीमा बाराका हावाहुरी पिडितलाई भोजन

रातोघर

 ७ बैशाख २०७६, शनिबार २३:१०  मा प्रकाशित
६३२ पाठक संख्या



सिमरा ।

गत चैत १७ गते बारा पर्सामा आएको बिनासकारी हुरी (टोर्नाडो)बाट अती प्रभाबित बाराको फेटा गाउँपालीकास्थित भलुहीमा शनिबार बिहान निकै चहलपहल देखिन्थ्यो ।

बिनासकारी हुरीले घरबास उडाएपछी टेन्टमुनी दिनरात गुजार्दै आएका भलुहीबासीलाई यतीबेला बासको भन्दा ठुलो चिन्ता गासको छ । उनिहरु शनिबार सिमराको एक परिवारले ‘मेस’को आयोजना गर्ने थाहा पाउँदा खुशी देखिन्थे ।

बाराको सिमराका स्व. देवनाथ उपाध्यायको १३ औँ दिनको पुण्य तिथिका अवसरमा निजका छोरा÷छोरीहरुले हुरी पिडितहरुलाई एक छाक खाना खुवाउन सामलतामल बोकेर उनीहरु त्याँहा पुगेका हुन् ।

शनिबार आयोजना गरिएको ‘मेस’मा सो बस्तीका करिब ५ सय जनाले एक छाक मज्जाले खाए ।

पितृ भएका बाबुको मुक्तिका लागी हरेक सन्तानले पुण्य कर्म गर्ने चलन भएकाले आँफुहरुले पनी पिडितहरुको एक छाकको जोहो गरिदिने चाहाना पलाएकाले यसो गरिएको स्व. उपाध्यायका छोराहरु शिव शर्मा र बसन्त शर्मा बताउँछन् ।

‘खासमा कृयाकर्म धर्मसँग गाँसिएको छ र धर्म मानवतासँग । शिव शर्माले भने, ‘हामीले पनी मानवता सोच्यौँ ।’ ‘यो त्यती ठुलो कार्य भनेर प्रचार गरिनु आवश्यक होईन तर पुण्यका नाममा खर्च गरिन्छ भने कसैको हित र भलाईका लागी गरियोस् भन्ने सन्देश प्रबाह हुने अपेक्षा छ ।’ उनले थपे ।

स्वर्गीय उपाध्यायका तिन छोरा र तिन छोरी छन् । जेठा छोरा सिमराको प्रतिष्ठित अल्पाईन टिचिङ्ग हस्पिटलका संचालक हुन् , कान्छा छोरा बसन्त शर्मा सञ्चार उद्यमी हुन् भने एक छोरीको पनि गार्मेन उद्योगमा लगानी छ ।

Write your Comment