भूमाफियाले बेचिदिए सिंगै बस्ती, अन्तेष्टि गर्ने घाट नहुँदा आँगनमै दाहसंस्कार !

रातोघर

 ९ बैशाख २०७६, सोमबार ०७:०१  मा प्रकाशित
४२९ पाठक संख्या



काठमाडौं ।

आजको नयाँ पत्रिका दैनिकले भूमाफियाले जग्गा हडपेको समाचारलाई प्रमुख समाचारका रुपमा छापेको छ ।

सिरहाको मिर्चैया नगरापलिकामा दुई दलितबबस्ती भूमायफियाले हडपेको समाचारमा उल्लेख छ । मिर्चैया नगरपालिका–७ फूलबारीयामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् ।

उनीहरु यहाँ झण्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा उनीहरुको जग्गा अरुले खरिद बिक्री गरिदिएका छन् ।

सप्तरी बोबर्साइन नगरपालिका–३ का दलितको अन्त्यष्टि गर्ने घाटसमेत नभएको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर गरिने समाचार छापेको छ ।

नयाँ पत्रिकाले श्रृंलंकामा भएको श्रृंखलावद्ध बम विस्फोटमा २ सय ७ को मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

Write your Comment