फोटो पत्रकारिता पुरस्कारका लागी बाराबाट भण्डारी मनोनित

रातोघर

 ९ बैशाख २०७६, सोमबार २०:१५  मा प्रकाशित
२४७ पाठक संख्या


सिमरा ।

बाराका फोटो पत्रकार दिवाकर भण्डारी राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार २०७५ को प्रदेश २ बिधामा मनोनित भएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समुह सोमबार काठमाण्डौमा एक कार्यक्रम गरि नोमिनेसनको प्रमाण्पत्र बितरण गरेको छ । जसअन्तर्गत प्रंदेश २ बिधाका उत्कृष्ट पाँच फोटो पत्रकारमध्ये दिवाकर भण्डारी पनी मनोनयनमा परेका हुन् । लामो समयदेखी फोटो पत्रकारितामा आवद्ध भण्डारी जिल्लाबाट मनोनयनमा पर्ने एकमात्र पत्रकार हुन् ।

नेपाल राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा यही बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकार समूहले आयोजना गर्ने एक समारोहमा उत्कृष्ट पाँचमध्ये एकजनाई पुरस्कृत गरिनेछ ।

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तले फोटो पत्रकारहरुको हौसला बढाउन समुहले विगत ३ बर्षदेखि विभिन्न संघसंस्थासंग सहकार्य गरि पुरस्कार प्रदान गर्दै आइरहेको बताए ।

प्रत्येक बिधामा उत्कृष्ट हुनेलाई २५ हजार नगदसहित ,प्रमाणपत्र ,ट्रफि तथा सबै बिधाबाट उत्कृष्ट हुने ५० हजार नगद सहित ,प्रमाणपत्र ,ट्रफि वितरण गरिने आयोजक संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले बताए ।

Write your Comment