-NEMC
काठमाडौं ।
बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाका अनुसार धादिङको नौबिसे केन्द्र भएर बिहान ६ बजेर २९ मिनेटमा ५.२ म्याग्नेच्युटको भूकम्प गएको छ । त्यसको १० मिनेटपछि सोही ठाउँमा केन्द्र बनाएर ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ ।
भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् ।
दोहोरिएर कम्पन आएपछि उपत्यकाबासी त्रसित भएका छन् । घरमा रहेका सर्वसाधारण पनि घर बाहिर निस्किएका छन् भने अहिले सर्वसाधारणहरु खुल्ला ठाउँ नजिक जान थालेका छन् ।
पहिलो कम्पनको १० मिनेटपछि अर्को कम्पन आएपछि केही त्रास सिर्जना भएको छ ।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सामाजिक सञ्जालमार्फत धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प गएको जनाएको छ ।
Write your Comment