बस दुर्घटनामा ६ जनाको मृत्यु

रातोघर

 ११ बैशाख २०७६, बुधबार ०८:०८  मा प्रकाशित
५१८ पाठक संख्या



डडेल्धुरा ।

डडेल्धुरामा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत  गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे  ना ६ ख १८३१ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेकाहरुको सनाखत हुन बाँकी रहेको छ ।

धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना भएको हो ।  घाइतेहरुको उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

बस सडकबाट १०० मिटर तल खसेको जनाइएको छ ।

Write your Comment