त्यो दिन ज्ञानेन्द्रको आदेश प्याराजंगले मानेका भए…

रातोघर

 ११ बैशाख २०७६, बुधबार ०८:५७  मा प्रकाशित
४१२ पाठक संख्या



काठमाडौं ।

सरकारी जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए, भरतविमल यादव । लोकतान्त्रिक विचारधाराबाट प्रभावित भएर राजनीतिमा आएका यादव २०६२/६३ को आन्दोलनको नेतृत्वकर्तामध्ये एक थिए । त्यस्तै, १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ता पनि ।

उनी नेपाल सद्भावना पार्टी आनन्ददेवीको कार्यवाहक अध्यक्ष पनि भए । अहिले कुनै राजनीति दलसँग आबद्ध छैनन् । तर पनि राजनीतिबाट टाढा छैनन् । यादवले २०६२/०६३ को आन्दोलनदेखि हालसम्मको राजनीतिक अवस्थालाई यसरी सम्झिएका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोजमा शेरबहादुर देउवालाई असक्षम भनेर प्रधानमन्त्रीबाट हटाए । त्यसपछि नेपाली राजनीति फरक धारमा परिवर्तन भयो । राजाविरुद्ध जानुपर्ने अवस्था आयो । यसका लागि गिरिजाबाबुले पहल गरे ।

उनले पहिला हामी सबै संसदवादी राजनीतिक दलहरूसँग छलफल गरे । त्यो समयमा नेपालमा तीन राजनीतिक धार थिए । वामपन्थी, लोकतान्त्रिक र राजावादी धार ।

हामी लोकतन्त्रवादी धार पहिला बसेर छलफल ग¥यौं । हामी संसदवादीबीच सबै मिलेर जानेमा सहमति भयो । पहिला संसदीय पार्टीहरू र त्यसपछि माओवादीसँग मिलेर जानुपर्छ भन्ने भयो । संसदवादीहरू एक भएपछि आन्दोलन बलियो हुन्थ्यो ।

माओवादी पनि १२ बुँदेभन्दा पहिला राजासँग मिलेर हामी संसद्वादीलाई सक्ने ध्याउन्नमा थियो । यो काम वीरेन्द्रको पालामा भएको थियो । यसको माध्यम धीरेन्द्र थिए । माओवादीको यो प्रयास वीरेन्द्रको वंशनाशसँगै सकियो ।

माओवादी पनि १२ बुँदेभन्दा पहिला राजासँग मिलेर हामी संसद्वादीलाई सक्ने ध्याउन्नमा थियो । यो काम वीरेन्द्रको पालामा भएको थियो । यसको माध्यम धीरेन्द्र थिए । माओवादीको यो प्रयास वीरेन्द्रको वंशनाशसँगै सकियो ।

हामी सबै संसद्वादी दल मिलेर आन्दोलन सुरु गथ्र्याैं । रत्नपार्कबाट आन्दोलन सुरु गथ्र्यौं र बागबजार परिक्रमा गरेर टुङ्ग्याउँथ्याैं । आन्दोलन जति गरे पनि केही फरक नपर्ने अवस्था आयो ।

सबै राजनीति दल दिनभर आन्दोलन गर्थे । केही फरक नपर्ने । अझ त्यसैमा अहिले ठूला भएका नेताहरू हामीलाई खिसीट्युरी गर्थे । प्रभातफेरी गरेर यो देशमा के हुन्छ ? लोकतन्त्रको पुनर्वहाली हुन्छ ? यो भनेको त बयलगाडा चडेर अमेरिका पुगिन्छ भनेजस्तो हो । सुरुसुरुमा आन्दोलन प्रभावकारी हुन सकेन ।

नयाँ तरिकाको यात्रा रोज्नुपर्ने भयो । पुनः बस्याैं । हामीले गिरिजाबाबु र माधवकुमार नेपाललाई भन्याैं, ‘अब यसरी हुँदैन ।’

राजतन्त्रविरुद्ध लडिरहेको ठूलो शक्ति माओवादी हो । उसलाई पनि यो आन्दोलनमा जोडौं भन्ने कुरा आयो ।

यसमा गिरिजाबाबु र माधवकुमार नेपालको महत्त्वपूर्ण भूमिका हुन्थ्यो । माधवकुमार नेपालले त पहिला नै धेरैपटक माओवादीलाई भेटिसकेका थिए । नेपालले आफैं पनि सिलगुडी र लखनउ गएर भेटेका थिए । वामदेव गौतम, युवराज ज्ञवालीलगायतका नेता रोल्पा पठायौं, माओवादीसँग वार्ता गर्न ।

यसमा मैले गिरिजाबाबुलाई भने, ‘तपाईं सधैं माले, मसाल, मण्डले एउटै हुन् भन्नुहुन्छ तर बहुदल त लोकतन्त्रवादी र कम्युनिस्ट मिलेर आएको हो । अझ त्यही फर्मुलामा जाऔं ।’

यता, एकता केन्द्रका नेतासँग पनि हामी संसद्वादी नेताको भेटघाट भयो । मजदुर किसान पार्टी र जनमोर्चासँग सँगै जाने कुरा भयो । एकता केन्द्रका अमिक शेरचन र मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेसँग छलफल गरियो । सबै मिलेर जानेमा सहमत भयौं । राजाविरुद्ध लड्न सहमत भयाैं । कम्युनिस्टको संसद्वादी धारमा नेकपा एमाले ठूलो दल थियो । यो दल पनि हामीसँगै आन्दोलनमा थियो ।

यसमा मैले गिरिजाबाबुलाई भने, ‘तपाईं सधैं माले, मसाल, मण्डले एउटै हुन् भन्नुहुन्छ तर बहुदल त लोकतन्त्रवादी र कम्युनिस्ट मिलेर आएको हो । अझ त्यही फर्मुलामा जाऔं ।’

उहाँ पनि सहमत हुनुभयो । त्यसपछि हामी सात दल एक ठाउँमा आयाैं ।

त्यो समयमा सबैभन्दा बढी भूमिका गिरिजाबाबु र माधवकुमार नेपालले निभाउनुभयो ।

माओवादीसँग संवादका लागि नारायणकाजी श्रेष्ठको महत्त्वपूर्ण भूमिका रह्यो । माओवादीले पनि त्यो समयमा गिरिजाबाबुबाट आश्वासन चाहेका थिए । आन्दोलनमा धोका हुँदैन भनेर । हुन पनि त्यही भयो, गिरिजाबाबुबाट पूर्ण रूपमा आश्वस्त भएपछि माओवादी वार्तामा आयो ।

भित्री रूपमा संसद्वादीको आन्दोलनलाई माओवादीले सहयोग गर्ने भन्ने भयो । हामीले जति आन्दोलन गरे पनि मानिस आउँदैन थिए । केही नेता र कार्यकर्ता रत्नपार्कमा जम्मा हुन्थ्यौं, प्रभातफेरी गथ्र्यो । केही असर पदैनथ्यो । कुनै जनता आउँदैनथे ।

१२ बुँदे सहमतिपछि राजतन्त्रविरुद्ध ठूलो आँधीबेहरी सुरु भयो । आन्दोलनको जग नै १२ बुँदे हो । भित्री रूपमा संसद्वादीको आन्दोलनलाई माओवादीले सहयोग गर्ने भन्ने भयो । हामीले जति आन्दोलन गरे पनि मानिस आउँदैन थिए । केही नेता र कार्यकर्ता रत्नपार्कमा जम्मा हुन्थ्यौं, प्रभातफेरी गथ्र्यो । केही असर पदैनथ्यो । कुनै जनता आउँदैनथे ।

जब माओवादीसँग १२ बुँदे सम्झौता भयो । त्यसपछि उनीहरूले सहरको आन्दोलनमा मानिस पठाउन थाले । त्यसपछि मात्र आन्दोलनले उचाइ लिएको हो । २०६२/६३ सालको आन्दोलनमा माओवादीले गाउँगाउँबाट मानिस पठाएको थियो । हामीले नेतृत्व गरेका हाैं । माओवादीका नेता सहरमा आएर नेतृत्व गर्न सक्ने अवस्थामा थिएनन् । प्रतिबन्ध लगाइएको थियो । माओवादी कार्यकर्ता र जनता काठमाडौं आएपछि आन्दोलन सफल भएको हो ।

माओवादीले काठमाडौं वरपरका सबै जिल्लाबाट मानिसलाई काठमाडौं पठायो । माओवादीले हरेक घरमा गएर सबैलाई आन्दोलनमा जान भनेकै हो । सात दलका नेता र माओवादीको सहयात्रामा २०६२/०६३ को जनआन्दोलन सफल भएको हो ।

नारायणहिटी कब्जा गर्ने तयारी

११ वैशाखमा सात नाकाबाट नारायणहिटी दरबार कब्जा गर्ने योजना बनाइयो । यदि राजा ज्ञानेन्द्रले १० गते राति घोषणा नगरेको भए ११ गते नारायणहिटी कब्जा हुन्थ्यो । तर, राजाले पनि तयारी गर्दै थिए । राजाले प्रधानसेनापति प्याराजंग थापालाई बोलाएर आन्दोलन दबाउन आदेश दिए तर थापाले मानेनन् । त्यही दिनबाट राजा पछाडि हटेका थिए ।

महाराजगन्जको आन्दोलनको जिम्मा गिरिजाबाबुको थियो । सीतापाइलाको जिम्मा मेरो थियो । कलंकीको जिम्मा माधवकुमार नेपालको थियो । सातदोबाटोको जिम्मा जनमोर्चाका नेताको थियो । कोटेश्वरको जिम्मा नारायणमान बिजुक्छेको थियो । चावहिलको जिम्मा शेरबहादुर देउवाको थियो । यी सातवटा स्थानबाट आएको आन्दोलनले नारायणहिटी कब्जा गर्ने योजना बनेको थियो ।

महाराजगन्जको आन्दोलनको जिम्मा गिरिजाबाबुको थियो । सीतापाइलाको जिम्मा मेरो थियो । कलंकीको जिम्मा माधवकुमार नेपालको थियो । सातदोबाटोको जिम्मा जनमोर्चाका नेताको थियो । कोटेश्वरको जिम्मा नारायणमान बिजुक्छेको थियो । चावहिलको जिम्मा शेरबहादुर देउवाको थियो । यी सातवटा स्थानबाट आएको आन्दोलनले नारायणहिटी कब्जा गर्ने योजना बनेको थियो । यही आन्दोलनले राजसंस्था सदाका लागि उखेलेर फाल्यो ।

फर्केर हेर्दा

आन्दोलन भएको आज १२ वर्षभन्दा बढी भइसक्यो । यस अवधिमा संविधानसभाबाट संविधान बन्यो । तर, नेतामा राजनीतिक चरित्र भएन । व्यक्तिगत स्वार्थ र परिवारवाद धेरै भयो । राजतन्त्रको जुन कामका लागि विरोध गरेका थियांै, त्यही आज नेताबाट सुरु भयो ।

हो, जनताको छोराछोरी राष्ट्रपति भएका छन् । तर यसले मात्र गणतन्त्रको महत्व दर्साउँदैन । चरित्रमा गणतन्त्र आएन । गणतन्त्र जनताको जीवनमा आएन । राजतन्त्रको अन्त्य भयो राजशाही अहिले पनि जारी छ, हाम्रा नेताबाट । समृद्ध नेपाल सुखी नेपाली नाराले मात्र हुँदैन । यसका लागि त जनताको जीवनमा परिवर्तन आाउनुपर्छ । तर, आएन ।

बलिदानको महत्त्व बुझेनन् नेताहरूले

बलिदानबाट आएको परिवर्तनको महत्त्व नेताहरूले बुझेनन् । राजनीति नेतृत्व गर्ने मानिसमा इमानदारिता भएन । जनताको जीवन स्तरमा कुनै परिवर्तन अएन । तर, नेताहरू जनताको पैसामा विदेशमा उपचार गर्न जान्छन् । यहाँ एउटा सरकारी अस्पताल बन्दैन । भएका अस्पतालको रेखदेख छैन ।

शिक्षा र स्वास्थ्य निजीकरण भएको छ । बेरोजगारले देश हरिबिजोग भएको छ । हिजो आन्दोलनमा सहभागी युवा अहिले विदेशमा छन् । आखिरमा जनताको आर्थिक अवस्थामा कुनै परिवर्तन आएन ।

शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु हुँदैनथ्यो । राज्यको दायित्व के हो भन्ने नै बुझेनन् । शिक्षा र स्वास्थ्य सेवा ठीकसँग जनताले पाएनन् भने कसरी देश बन्छ । शिक्षा र स्वास्थ्य सेवा किन्नुपर्ने कस्तो विडम्बना हो ?

गणतन्त्र जनताको जीवनमा आएन । राजतन्त्रको अन्त्य भयो राजशाही अहिले पनि जारी छ, हाम्रा नेताबाट । समृद्ध नेपाल सुखी नेपाली नाराले मात्र हुँदैन । यसका लागि त जनताको जीवनमा परिवर्तन आाउनुपर्छ । तर, आएन ।

यस्तो अवस्थाबाट देश बन्दैन । देश कागजमा लेखेर बन्दैन । व्यवहारमा लागू गर्नुपर्छ । रोजगारमूलक उद्योगधन्दा छैनन् । यसका लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । तर, नेताहरू आआफ्नै व्यक्तिगत स्वार्थमा लिप्त छन् । यस्तो हुनु हुँदैनथ्याे । भोको पेट के हुन्छ ? यसका लागि राज्यले सोच्नुपथ्र्यो । राज्य बेखबर जस्तो भएको छ ।

नयाँ सिस्टम बसाल्न सकेनौं । राज्य सञ्चालन भएको छ । तर नयाँ केही भएन । आज फर्केर हेर्दा त्यति बलिदानबाट आएको परिवर्तनले तल्लो वर्गलाई छोएन । गरिब किसान र मजदुरको घरआँगनमा परिवर्तन पुगेन । अहिले पनि राज्य व्यवस्था त्यस्तै छ, जस्तो हिजो थियो ।
(कृष्ण गिरीसँगको कुराकानीमा आधारित)

-shilapatra

Write your Comment