आसेपासे रिझाउन दुई अर्ब ३७ करोड रकमान्तर

रातोघर

 १३ बैशाख २०७६, शुक्रबार ०७:५३  मा प्रकाशित
५१८ पाठक संख्या



आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का मन्त्रीले दुई अर्ब ३७ करोड रुपैयाँ रकमान्तर गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहले ‘आफ्ना मान्छे’को नामै किटेर ठूला योजनाको रकम फुटकरमा सारेका छन् ।

स्थानीय तह र संसदीय कोषको छनोट गरेजस्ता साना र फुटकर योजनामा करोडौं रुपैयाँ सारिएको छ । उक्त बजेट मन्त्रीहरुले गृह जिल्ला र संसदीय क्षेत्रमा पारेका छन् ।

उद्योग मन्त्रालयले फागुन ९ गते ८४ वटा शीर्षकमा एक अर्ब ६७ करोड सात लाख २१ हजार र सामाजिक विकास मन्त्रालयले माघ ७ गते दुई सय ७४ वटा शीर्षकमा ७० करोड रुपैयाँ रकमान्तर गरेको छ ।

-kantipur

Write your Comment