काठमाडौं ।
अखबारमा पहिलो पटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ ।
गोरखापत्रले १९८४ साल बैशाख १३ गते सोमाबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जवराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार छापिएको थियो ।
सर्वसाधारणको तस्बिर छापिएकाले राष्ट्रिय फोटो पत्रकार समूहको सक्रियतामा झण्डै दुई दशकयता हरेक वर्ष वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदै आएको छ ।
९२ वर्षअघि छापिएको सार्वसाधारण महिलाको सो तस्बिर चर्खाबाट धागो कातिरहेको विषयसँग सम्बिन्धित थियो । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
-lokantar
Write your Comment