सिमरा ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले अस्थाई शिक्षक अब घर फर्किनुको बिकल्प नरहेको बताएका छन् । बाराको सिमरा बिमानस्थलमा शुक्रबार पत्रकारसंग कुरा गर्दै पोख्रेलले अस्थाई शिक्षकहरुको समस्या समाधानका लागी परिक्षा प्रणालीद्धारा कम्तिमा ४० अँक ल्याउनेलाई सेवामा स्थायित्व दिने ब्यवस्था गरिएको बताए ।
उनले अब फेरी दोश्रो परिक्षाको सम्भावना नरहेकाले उतीर्णसमेत हुन नसकेका शिक्षकहरुलाई सम्मानपुर्वक घर फर्काउने बातावरण बनाइने बताए ।
२०४९ सालदेखी अस्थाई रुपमा सेवामा रहेका शिक्षकहरुलार्य स्थाई ब्यवस्थापनका लागी अघिल्लो बर्ष लिइएको परिक्षामा उतीर्ण हुनेहरुको धमाधम नियुत्ती प्रकृया अघि बढेपनी अनुतिर्णहरुलाई अर्को कुनै ब्यवस्था गर्न नसकिने उनले बताए ।
अनुतिर्ण शिक्षकलाई सम्मानपुर्वक बिदाईका लागी ‘गोल्डेन हेन्ड्स चेक’ दिइने भनिएपनी समस्या रहेको उनको भनाई छ । शिक्षकको अनुतिर्णको संख्या सोचेभन्दा बढी भएकाले सो रकम दिन समेत नसकिएको उनको तर्क छ ।
सो बिदाईका लागी ५ अर्व रकम छुट्याइएकोमा ९ अर्ब लाग्ने भएपछी सरकारले अनुतिर्ण भएका सबै शिक्षकलाई ‘गोल्डेन हेन्ड्स चेक’ सहितको बिदाई गर्न समेत समस्या भइरहको मन्त्री पोख्रेलले बताए । यद्यपी अर्थ मन्त्रालयमा छलफल चलिरहेकोले थप रकम ब्यवस्थापन गरेर भएपनी बिदाई गर्ने तयारी भइरहेको उनको तर्क छ ।
यस्तै राहत शिक्षकहरुको समस्यामा भने आफु गम्भिर रहेको भन्दै उनीहरुलाई परिक्षामा सहभागी गराउँदा उमेरहद् भने नतोकिने उनको भनाई छ । उनीहरुलाई कसरी स्थाइत्वको प्रकृयामा लग्न सकिन्छ सो बारे छलफल र बहस भइरहेको बताउँदै उनले राहत शिक्षकले शिक्षा क्षेत्रमा सकारात्मक योगदान दिएको बताए ।
‘स्थाई शिक्षकहरुको समस्या त भन्नुपर्ने अब रहेन, राहतको हक्मा उनीहरुको योगदानलाई कदर हुने गरी तयारी हुँदै छ ।’ मन्त्री पोख्रेलले भने, ‘सबैभन्दा पहिले त बजेट ब्यवस्थापन गरी दरबन्दी कायम गर्न पर्यो, त्यसपछी राहत शिक्षकहरुलाई पनी परिक्षामा सहभागी गराएर स्थाईको प्रकृया पुरा हुन्छ ।’
एक फरक सन्दर्भमा मन्त्री पोख्रेलले बिद्यालयको ब्यवस्थापन समिती गठन प्रकृयामा अब सरल बन्दै गइरहेको बताए ।
सामुदायिक बिद्यालय ब्यवस्थापनको जिम्मेवारी अब स्थानिय सरकारको काँधमा आएको भन्दै उनले शिक्षा ऐनको आठौँ संसोधनबाटै सामुदायिक बिद्यालयको ब्यवस्थापन समिती गठन प्रकृया सरल भएको जिकिर गरे ।
‘सामुदायिक बिद्यालय रुपान्तरणको दशक’ नामक अभियान नै संचालन गरी २०७६ देखी ८५ साललाई रुपान्तरणको बर्ष घोषणा गरी बिद्यालयमा नयाँ आयाम थप्ने तयारी अघि बढाइएको उनले बताए ।
एसईईको प्रश्न पत्र बाहिरिएको बिषयलाई टाउको दुखाईको बिषय भएको भन्दै उनले आफुँ बिरामी भएर सुतेको बेला यो घटना भएको बताए ।
उनले यस बर्षको प्रश्नपत्र छाप्ने काम मात्र केन्द्रले गरेको भन्दै बजेट ब्यवस्थापन र केन्द्राध्यक्ष चयन लगाएतका काम तल्ला निकायले गरेकाले आफुलाई मात्रै दोषी नठान्न आग्रह गरे । उनले प्रदेशमा परिक्षा ऐन नभएकाले पनी समस्या भएको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा पुर्वमन्त्रि एवम नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, राचाराज वाग्ले, बाराका जील्ला अध्यक्ष क्षेत्रबहादुर क्षेष्ठ (अनिल), प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
(भिडियो)
Write your Comment