रक्सीसँग विष पिएर आत्महत्या

रातोघर

 १३ बैशाख २०७६, शुक्रबार २१:३७  मा प्रकाशित
१५६ पाठक संख्या


वीरगन्ज ।

पर्साको वीरगन्ज महानगरपालिका–१० नयाँबस्तीका एक पुरुषले रक्सीसँगै विष पिएर आत्महत्या गरेका छन् ।

नयाँबस्ती वस्ने ५५ वर्षी बृजकिशोर वर्णवालले रक्सीसँग विषय पिएर आत्महत्या गरेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बृजकिशोरले रक्सीसँग मिलाएर विष पिएको बुझिएको छ ।

उनले घरायसी समस्याका कारण आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रक्सी र विषय पिएर अचेत अवस्थामा फेला परेका बृजकिशोरलाई उपचारका लागि नारायणी उप–क्षेत्रीय अस्प्ताल पु¥याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको जनाएका थिए ।

Write your Comment