बाराका पत्रकार भण्डारीलाई राष्ट्रिय फोटो पत्रकारीता पुरस्कार

रातोघर

 १३ बैशाख २०७६, शुक्रबार २१:५९  मा प्रकाशित
१९० पाठक संख्या



सिमरा ।

बाराका पत्रकार दिवाकर भण्डारी राष्ट्रिय फोटो पत्रकारीता पुरस्कार २०७५को प्रदेश नम्बर २ बिद्यामा पुरस्कृत भएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समुहले आज राजधानीमा एक कार्यक्रम आयोजना गरी पुरस्कार बितरण गरेको छ ।

प्रदेश २ बिधाका लागी मनोनयनमा परेका अन्य पाँच जनालाई पछी पार्दै भण्डारीले सो पुरस्कार हात पारेका हुन् । पुरस्कृत भण्डारीले २५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र हात पारेका छन् ।

लामो समयदेखी बिभिन्न राट्रिय सञ्चारमाध्यममा आवद्ध रहेर पत्रकारीता गर्दै आएका भण्डारी नेपाल फोटो पत्रकार महासंघ बाराका उपाध्यक्ष समेत हुन् ।

Write your Comment