जीतपुरसिमरामा गर्भवती र सुत्केरीलाई बहुक्षेत्रिय पोषण कार्यक्रम

रातोघर

 १३ बैशाख २०७६, शुक्रबार २२:२९  मा प्रकाशित
२९४ पाठक संख्या



मनहर्वा ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा वडा नंं.१८ मा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तरर्गत हजार दिनका आमाहरुलाई विभिन्न कार्यक्रम सुरु गरिएको छ ।

सोही कार्यक्रम अन्तरर्गत शुक्रबार १ सय जना हजार दिनका आमाहरुलाई करेसाबारी, जैविक मल तथा विषादी सम्बन्धि तालिम पश्चात विभिन्न तरकारीको विउ वितरण गरिएको छ ।

यूनिसेफको आर्थीक सहयोगमा उमहानगरपालिकाले आफ्ना पाँचवटा वडामा गर्भवती तथा सुत्केरी महिला लक्षीत पोषण तथा शुरक्षा सम्बन्धि कार्यक्रम संचालन गरिहेको सामाजिक विकास शाखाका नायव सुब्बा तथा पोषण कार्यक्रमका सम्पर्क ब्यक्ति हरिकिशोर साहले जानकारी दिए ।

साहका अनुसार हजारदिने महिला र तीनका श्रीमान्लाई समविकास तथा पोषण तालिम, किशोरीहरुलाई सरसफाई तथा पोषण बारे अभिमुखिकरण तालिम, बालविकास अन्तरगत बालबालिकाकाहरुका अविभावकहरुलाई पोषण सम्बन्धि अभिमुखिकरण र हजारदिनका आमाहरुलाई कुुखुरा वितरण गर्ने कार्यक्रम संचालन गरिने छन् । चालु आर्थीक बर्षका लागि जीतपुरसिमरा उपमहानगरका ७,१८,१०,२० र २१ वडाहरुमा कार्यक्रमहरु संचालन भैरहेको साहले जानकारी दिए ।

शुक्रबार साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सभाहलमा आयोजित हजारदिनका आमाहरुलाई करेसाबारी, जैविक मल तथा विषादी सम्बन्धि तालिम दिनुका साथै विभिन्न तरकारीको विउ वितरण नायव सुब्बा तथा पोषण कार्यक्रमका सम्पर्क ब्यक्ति हरिकिशोर साह ,कृषि शाखाका धिरज प्रसाद पौडेल र स्वाथ्य चौकी जीतपुरका प्रमुख विजय कुमार साहले सहजीकरण गरेका थिए ।

कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका १८का अध्यक्ष अर्जुन प्रसाद दाहालले गरेका थिएभने कार्यक्रममा वडा स्तरिय पोषण तथा खाद्य शुरक्षा निर्देशक समितिका सदस्य जयन्ती सिंखडा, तारा बस्नेत लगायतको सहभागिता थियो ।

Write your Comment