रक्षामन्त्री पोख्रेल बारा आउँदै

पुष्पराज खतिवडा

 १६ बैशाख २०७६, सोमबार ०७:०८  मा प्रकाशित
५८४ पाठक संख्या



बारा ।

संघिय सरकारका रक्षामन्त्री ईश्वर पोखरेल हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण गर्न सोमबार विहिन बारा आउने भएका छन् । मन्त्री पोखरेलले आँधी प्रभावित क्षेत्र फेटा गाउँपालिकाको पुरैनिया, परवानीपुर गाउँपालिको चैनपुर लगायतको क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गर्ने कार्याक्रम रहेको सेनाले जनाएको छ

सोमबार विहान ८ बजे नेपाली सेनाको हेलिकप्टरबाट बारा आउने रक्षामन्त्री पोखरेललाई कलैया उपमहानगरपालिका १६ स्थीत चन्दननाथ गणमा नेपाली सेनाले हावाहुरी प्रभावितहरुका बारेमा जानकारी गराउने कार्यक्रम छ ।

हावाहुरी प्रभावितहरुको अवस्था, उनीहरु ब्यवस्थापन र निर्माण गरिने घरका लागि भैरहेका प्रयासका बारेमा मन्त्रीलाई ब्रिफिङ्ग गर्ने कार्यक्रम रहेका गणका गणपती कर्णेल पारस विक्रम साहले जानकारी दिए ।

सो कार्यक्रमपछी फेटाको पुरैनीया पुगेर स्थानिय जनप्रतिनीधि सहित पिडितहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकारले नेपाली सेनालाई बाराका हावाहुरी प्रभावितको घर बनाउने जिम्मा सहित बजेट समेत उपलब्ध गराएको छ । सोका लागि बाराका १० र पर्साका २ स्थानमा गरी नेपाली सेनाले १२ स्थानमा शनिबारबाट क्याम स्थापना सुरु गरेको कर्णेल साहले जनाए ।

केही दिनपछी पिडितहरुको घर निर्माणमा विधिवत रुपमा काम सुरु गरिने छ । सरकारले बारा र पर्साका गरी करिब १ हजार ४ हावाहुरी पिडितको घर निर्माणका लागि ८५ करोड निकासा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

Write your Comment