सिमरा।
जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नंं. १८ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई कुखुरा वितरण गरेको छ । सोमबार विहान महिलाहरुलाई एक किलोका दरका लोहाटन जातका कुखुरा गर्भवतीलाई २ वटा र सुत्केरीलाई एउटा कुखुराा वितरण गरिएको हो ।
उपमहानगरका ७, १०, १८, २० र २१ गरी ५ वडामा यूनिसेफको आर्थिक सहयोगमा गर्भवती तथा सुत्केरी महिला लक्षित पोषण तथा सुरक्षा सम्बन्धि कार्यक्रम संचालनमा छ । ती वडाका गर्भवती तथा सुत्केरीहरुका लागि प्रती वडा २ सय ६० वटा दरमा कुखुरा वितरण गर्ने योजना अनुसार वडा नं.१८ मा समेत वितरण गरिएको उपमहानगरले जनाएको छ ।
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तरर्गत हजारदिनका आमाहरुलाई कुखुरा वितरण गरिएको सामाजिक विकास शाखाका नायव सुब्बा तथा पोषण कार्यक्रमका सम्पर्क ब्यक्ति हरिकिशोर साहले जानकारी दिए ।
साहका अनुसार पोषण कार्यक्रम अन्तरगत हजारदिनका आमाहरुलाई कुुखुरा वितरणसँगै करेसाबारी, जैविक मल तथा विषादी सम्बन्धि तालिम पश्चात विभिन्न तरकारीको विउ वितरण , गर्भवती महिला र तीनका श्रीमान्लाई समविकास तथा पोषण तालिम संचालन भैरहेका छन् ।
यसैगरी किशोरीहरुलाई सरसफाई तथा पोषण बारे अभिमुखिकरण तालिम, बालविकास अन्तरर्गत बालबालिकाकाहरुका अविभावकहरुलाई पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिने कार्यक्रमका फोकल पर्सन समेत रहेका साहले जानकारी दिएका छन् ।
सोही अनुसार महिलाहरुलाई एक किलोको दरले लोहाटन जातका कुखुरा गर्भवती प्रती २ र सुत्केरी प्रती १ गोटा दरमा २६० वटा कुखुरा उपमहानगरभित्रका ५ वटा वडामा वितरण भैरहेको हो ।
कुखुरा वितरण कार्यक्रम अन्तरगत उपमहानगरपालि वडा नं.१८ को बडहर्वामा आयोजित कार्यक्रममा उपस्थित गर्भवती तथा सुत्केरी महिलाहरुलाई वडा समिति सदस्य कमला कुमारी न्यौपाने, वडा स्तरिय पोषण तथा खाद्य शुरक्षा निर्देशक समितिका सदस्य जयन्ती सिंखडा, तारा बस्नेत लगायतकाले कुखुरा वितरण गरेका थिए ।
Write your Comment