सुर्य नेपालका मजदुर आन्दोलित-बासस्थान कोषको ३ सय करोड कहाँ गयो ?(भिडियो)

रातोघर

 १६ बैशाख २०७६, सोमबार १८:२७  मा प्रकाशित
४८९ पाठक संख्या


सिमरा । 

नेपालको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्राइभेट कम्पनीका मजदुर आन्दोलित बनेका छन् । सोमबार दुई मजदुर संगठनले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीमा रहेको बासस्थान कोषको रकम आफुहरुको सल्लाह बिनै कम्पनीले आँफुखुशी खर्च गरेको आरोप लगाएका छन् ।

उनीहरुका अनुसार बासस्थान कोषमा तिन सय करोड १६ लाख छ । सो रकम कम्पनीले अन्यत्रै प्रयोग गरी श्रमिकको पसिनालाई अवमुल्यन गरेको आरोप लगाएका छन् भने सो रकम कहाँ के प्रयोजनका लागी खर्च भइरहेको छ सो बारे जानकारी नभएको बताइरहका छन् ।

श्रम ऐन २०४८ को दफा ४१ अनुसार मुनाफा गर्ने प्रतिष्ठानले कुल मुनाफाको ५ प्रतिशत नघट्ने गरी रकम छुट्याई क्रमशः कामदार कर्मचारीको बासस्थान ब्यवस्थापन गर्दै जानुपर्ने वा उनीहरुको हितमा सो रकम खर्च गर्नुपर्ने कानुनी अवधारण अनुसार सो कोषको स्थापना गरिएको हो ।

हाल २०७५ मा बनेको नयाँ श्रम ऐनले सो ब्यवस्थाको खारेज गरेसंगै अब सो कोषमा रकम थपिने अवस्था नरहेपछि कम्पनी मुनाफामा गएदेखीको अहिलेसम्म जम्मा भएको रकम कहाँ गयो र के गर्ने भन्नेमा सुर्य नेपालका ब्यवस्थापन पक्ष र मजदुर पक्षबिच मतभेद सुरु भएको हो ।

कानुनमा उल्लेख भए बमोजिम रोजगार दाताको प्रतिनिधि र श्रमिक प्रतिनिधि बराबर संख्यामा राखी बनाइएको श्रम सम्बन्ध समितीको जिम्मेवारीमा सो रकम खर्च गर्नुपर्ने छ । अहिले बनेको नयाँ श्रम ऐन र नियमावलीले पनी सो बुँदालाई समेटेको छ ।

श्रम नियमावलीको नियम ८५ को उपनियम १ मा कुनै प्रतिष्ठानमा बासस्थान कोष कायम रहेछ भने रोजगारदाताले श्रमीकको बासस्थान ब्यवस्था गर्न वा श्रम सम्बन्ध समितीको निर्णय अनुसार श्रकिकको हित हुने योजनामा खर्च गर्न सक्ने र उपनियम २ मा कोष रहेकै अवस्थामा प्रतिष्ठान बन्द भएमा ५० प्रतिशत रोजगारदाता र ५० प्रतिशत तत्काल कायम रहेको श्रमिकलाई दामासाहीले बितरण गर्न सक्ने भनेर उल्लेख गरेको छ ।तर यता मजदुर भने ऐन र कानुन मिचेर कम्पनीले सो रकमको आफुँखुशी खर्च गरिरहेको आरोप लगाएका छन् ।

सुर्य नेपालको समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष अमरनाथ गिरीले कम्पनी बाहिरबाट जती सुन्दर देखिन्छ सो अनुसारको भित्र नभएको जिकिर गरे । उनले मजदुरका नाममा रकम सँकलन गरेर मजदुरले पसिना बगाएको रकमबाट कम्पनीले आलिसान ब्यवसायीक भवनहरु बनाइरहेको आरोप लगाए ।
‘चुरोटको खपत दिनानुदिन घट्दै छ, भोली कम्पनी बन्द भएपछीको ब्यापारका लागी मजदुर भवनका नाममा कम्पनीले ब्यवसायीक भवन बनाइरहेको छ ।’ गिरीले पत्रकार सम्मेलनमा भने, ‘ हामी हाम्रो पसिनालाई मनोमानी हुन दिँदैनौँ ।’

यता नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियनका अध्यक्ष बिनोद श्रेष्ठले पनी कम्पनीले कानुन मिचेर करोडौँ रकम आफुखुशी प्रयोग गरिरहेको आरोप लगाए । उनले कम्पनीले अझै अटेरी गरे चरणबद्ध आन्दोलनमा जाने समेत घोषणा गरे ।

उता सुर्य नेपाल प्रा.ली. का भाइस प्रेसिडेन्ट रवी केशीले असन्तुष्ट मजदुरलाई कानुनी उपचार खोज्न आग्रह गरेका छन् । कम्पनीले कानुन र नियम बिपरित कुनै गलत कार्य नगरेको भन्दै सो रकम मजदुरकै लागी आवास गृहमा खर्च भइरहेको बताए ।

‘हामी कानुन र ऐन भन्दा अलिकती पनी तलमाथी छैनौँ, कानुन सबैले पालना गर्नुपर्छ ’, उनले भने, हामी प्रतिष्ठित कम्पनीहरु मध्येको एकमा पछौँ, कानुन मिच्ने कुरै आउँदैन ।’

अहिले सुर्य नेपाल सिमरामा ३ सयको हाराहारीमा मजदुरले काम गर्छन भने १ सय ४० जना आवास गृहमै बसोबास गर्छन ।

कम्पनीले अहिले आफ्नो उद्योग क्षेत्र बजनीमा सात तत्ले अत्याधुनिक आवास भवन निर्माण सम्पन्न गरी सोही स्थानमा अर्को भवन निर्माण गरिरहेको छ ।
यस कम्पनीमा भारतको इण्डियन टोबाको कम्पनीको ५९ प्रतिशत लगानी छ भने बाँकी नेपाली उद्योगीको लगानी छ ।

(भिडियो हेर्नुहोस)

Write your Comment