वैशाख २० मा आउनेछ सरकारको नीति तथा कार्यक्रम

रातोघर

 १७ बैशाख २०७६, मंगलवार ०८:०२  मा प्रकाशित
३४१ पाठक संख्या



काठमाडौँ ।

सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सोबारे जानकारी दिएका छन् ।

Write your Comment