रौतहटको जनज्योती क्याम्पसमा अनुसन्धानात्मक कार्यशाला सम्पन्न

रातोघर

 १७ बैशाख २०७६, मंगलवार १०:४३  मा प्रकाशित
३३४ पाठक संख्या



रौतहट ।
रौतहटको चन्द्रपुर-६ स्थित रहेको जन ज्योती बहुमुखी क्याम्पसमा अनुसन्धात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अङ्ग्रेजी बिभाग जन ज्योती ब.क्यापसको आयोजनामा भएको थियो ।
कार्यक्रममा स्नातक तहमा आध्ययनरत विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु बिच गरिएको प्रशन पत्र बिश्लेषण तथा उतर लेखन सम्बन्धी सम्भावना आध्यन पसचात प्रोजेक्टर मार्फत करिव ४० जाना बिध्यार्थी र शिक्षकहरुको उपस्थितिमा कार्यक्रम भएको हो।
प्रशनपत्रमा प्रयोग गरिएको  सर्तहरु लाई कसरी बुझि उत्तर लेख्न सहज हुने कार्यक्रमको उदेश्य रहेको थियो। जन ज्योती बहुमुखी क्याम्पसका प्रमुख श्री बलराम गौतमको सभापतित्वमा सप्पन्न कार्यक्रममा शिक्षा संकायका प्रमुख बिनोद तिमल्सिना,यग्य गौतम,गणेश पौडेल,आशिष कोइराला ,शिक्षिका शारदा पाहाडी,जन ज्योती बहुमुखी क्याम्पसका स्व. बि. सभापति संगम श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण अङ्ग्रेजी बिभाग प्रमुख श्री आशाराम साहले गर्नु भएको थियो।
-सागर हुमागाइ, रौतहट 

Write your Comment