जो असली मजदुर छन उनीहरुलाई थाहा छैन मजदुर दिवस

रातोघर

 १८ बैशाख २०७६, बुधबार ०७:३३  मा प्रकाशित
३२० पाठक संख्या



काठमाडौं ।

काठमाडौंको पुतली सडकमा करिब १ किलो मिटर बराबरको लामो जुलुस थियो । जुलुसका सबैले श्रमिकका हकाधिकारको बारेमा नारा जुलुस लगाइरहेका थिए।

राजनीतिकदलका भातृ संगठनहरु तथा अन्य सरकारी/गैरसरकारी निकायहरुका प्रतिनिधिहरुले खुब नारा घन्काइरहेका थिए तर त्यो छेउमै श्रमिकहरु दैनिकी जस्तै काम गरिरहेका थिए । उनीहलाई दिनभर काम गरेर बेलुका छाक टार्न बाहेक अन्य बिकल्प नै थिएन । दिनभर काम गरेर मात्र बेलुका उनीहरुलाई खाना खाने गुजारा हुन्थ्यो।

नाम उल्लेख नगर्ने सर्तमा सिराहाका एक जना बर्षौंपहिलेबाट राजधानीमा मजदुरको रुपमा काम गर्दै आएका छन । मंगलबार आफ्नै छेउमा नारा घन्काइरहँदा पनि छोएन उनको कामलाई श्रमिक दिवसको नाराले । उनलाई बिश्वास त्यसैमा छ की दिनभर काम गरेर मात्र खानलाई भ्याउँछ भनेर।

काम नगरेको दिनमा उनको हातमा पैसा हुँदैन, पैसा नभए भोकै बस्नुपर्छ । उनले भने, ‘आजको दिनमा काम नगरे भने ज्याला कसैले दिदैन। भन्न त मालिकले भन्नु भएको हो आज तेरो बिदा हो भनेर तर मलाई आज बिदा हुँदा बेलुका बालबालिका भोकै बस्छन भनेर काम गरेको हुँ।’

नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको हो । बिश्वमा सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झना स्वरुप बिश्वभरी नै यो दिवस मनाउन थालिएको हो । मजदुरहरुका हकाधिकारलाई सुनिश्चित गर्नका लागि मनाइदै आएका यो दिवस मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी मनाइदै आएको हो।

श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने यो पर्व विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा सार्वजनिक बिदा दिइन्छ । आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि दमन गरिएको थियो । उक्त घटनामा दर्जनौं श्रमिकको हत्या गरिएको हुँदा त्यसै स्वरुप बिश्वका बिभिन्न मुलुकहरुमा पनि मनाउदै आएको हो।

नेपालमा सन् १९६३ देखि नै अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आएपनि श्रमिक दिवसलाई भने विसं २०४६को परिवर्तन पश्चात् आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गरिएको हो । भारतमा पनि १ मे १९२३ मा भारतीय मजदुर किसान पार्टीले मद्रास (हाल चेन्नई)मा पहिलो पटक मे दिवस मनाएको थियो । यो दिन नै भारतमा रातो झण्डाको प्रयोग भएको पहिलो पटक थियो ।

यस्तै श्रमिक दिवसलाई नेपालमा राष्ट्रपति बिद्यादेबी भण्डारीले विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास आफ्नो प्रेस बिज्ञप्ती मार्फत बताइएकी छिन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मजदुर दिवसको अवसरमा शुभकामना दिँदै श्रमिकलाई उचित श्रम मिल्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन । विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन । मंगलबार एक बक्तब्य जारी गर्दै मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका आधारभूत हकाअधिकारको स्मरण गरेको बक्तब्यमा उल्लेख गरिएको छ ।

त्यस्तै मंगलबार संघीय राजधानी काठमाडौंमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित अन्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ । विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन।

नेपालको सन्दर्भमा विराटनगरमा वि.सं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिने गरेको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट), अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र) लगायतका मजदुर संगठनले मजदुरहरुका हकाधिकारको लागि आफूहरु कटिबद्ध रहेको बताएका थिए।

नेपाल टेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले भने, ‘समयानुकूल रुपमा श्रमिकको ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषको सहज र सरल परिचालन लगायत विषयमा सरकारले विशेष ध्यान दिनु पर्छ।’

-bhumiraj joshi

Write your Comment