मजदुर नेता कार्यरत उद्योगमै सम्झौता नगरी काम

रातोघर

 १८ बैशाख २०७६, बुधबार ०८:२३  मा प्रकाशित
१४६ पाठक संख्या


काठमाडाैं ।

मदुर संगठन क्रियाशील उद्योगमा सम्झौताबिनै श्रमिकलाई काममा लगाउने गरेको पाइएको छ । मजदुरको हकहितमा आवाज उठाउने संगठन भएका ४४ प्रतिशतभन्दा धेरै उद्योग र प्रतिष्ठानहरुले सम्झौता नै नगरी श्रमिकलाई काममा लगाउने गरेको एक प्रतिवेदनले देखाएको छ ।

तत्कालीन नेकपा एमालेसम्बद्ध मजदुरहरुको छाता संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको श्रम कानुन कार्यान्वयनको अवस्थासम्बन्धी सर्वेक्षणमा ४४.०७ प्रतिशत श्रमिकलाई सम्झौता नै नगरी काममा लगाउने गरको पाइएको हो ।

जिफन्टले मंगलबार मे दिवसको अवसर पारेर गरेको पत्रकार सम्मेलनमा मजदुरहरुको संगठन भएका ५९ वटा उद्योग र प्रतिष्ठानहरुमा गरेको सर्वेक्षणमा ५५.९३ प्रतिशतले मात्रै रोजगारी सम्झौता गरेको अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

आजको कारोबार दैनिकबाट ।

Write your Comment