मजदुरका नेताले मालिकको सेवा गरे – उद्योगमन्त्री यादव

रातोघर

 १८ बैशाख २०७६, बुधबार १९:५१  मा प्रकाशित
५४५ पाठक संख्या



सिमरा ।
उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवले मजदुर नेताहरु मजदुरका लागी नभै मालिकका लागी सहयोगी बनेको आरोप लगाए ।
१३० औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बाराको सिमरामा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री यादवले मजदुरका नेताले मजदुरलाई सडकमा उतारेर आफु मालिकको पक्षमा लागेर आर्थिक लाभ गर्ने गरेको बताए ।
मजदुर र किसानको हितमा लाग्ने मजदुर नेता श्रम प्रति पनी आस्था राख्नुपर्ने धारण राखे ।
‘एकातिर मालिकका बिरुद्धमा हडताल गराइदिने , अर्कोतिर मालिकसंगै गएर बार्गेनिङ्ग गर्ने अनि मजदुर चिल्लै, जहाँको तहिँ !’, मन्त्री यादवले भने, ‘अब सोच परिवर्तन गर्न जरुरी छ, अब आफ्नो अधिकारका लागी आफँै लडनु पर्छ ।’ उनले अब आर्थिक क्षेत्रमा क्रान्ती ल्याउन आफैँ श्रमिक आफैँ मालिक बन्नुपर्ने, सहकारी अभियानमा लाग्नुपर्ने र अब प्रबिधिमैत्रि किसान बनी अब तलब र भत्ता बृद्धीका लागी मजदुर नेताकहाँ पुग्न आवस्यक नरहेको जिकिर गरे ।
नयाँ संबिधानले मजदुरहरुको हक अधिकार सुनिश्चित गरिसकेको भन्दै उनले यसको लागी थप मजदुरहरुको हक हितको सुरक्षा ऐन समेत बनेको बताए ।
उनले मजदुरहरुको हकमा सरकारले गरेको निर्णय पालना नगर्ने जुन सुकै उद्योगका मालिकलाई कारवाही गर्न सरकार तयार रहेको भन्दै अब समयसंगै सबैलाई रुपमान्तरण हुन समेत आग्रह गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य गोपाल ठाकुर, बलबिर चौधरी, केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य ज्वाला शाह, प्रदेशसभा सदस्य सिता गुरुङ्ग, नेकपाका बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, मजदुर नेता सोनालाल साह, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो ।
नेपाल टे«ड युनियन महासंघ जिफन्ट प्रदेश नम्बर २ का अध्यक्ष कमलेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मजदुर नेता मिन प्रसाद आपागाईले गरेका हुन् ।

Write your Comment