बिहीबार विद्युत प्राधिकरणका सबै काउन्टर बन्द हुने

रातोघर

 १९ बैशाख २०७६, बिहीबार ०८:३८  मा प्रकाशित
१४७ पाठक संख्या



 

नेपाल विद्युत् प्राधिकरणले बिहीबार सम्पूर्ण आय संकलन काउन्टर बन्द गर्ने भएको छ। प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सबै कर्मचारी व्यस्त हुने भएकाले बिहीबार आय संकलन काउन्टर बन्द हुने भएका हुन्।

प्राधिकरणले सो दिन अनलाइनबाट विद्युत् महसुल भुक्तानी गर्न सकिने बताएको छ। प्राधिकरणले मंगलबार एक सूचनामार्फत संकलन काउन्टर बन्द हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। प्राधिकरणमा यही वैशाख १९ गते हुन लागेको आधाकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकटको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिस्पर्धा हुनेछ।

युनियनका सहसंयोजक खगेन्द्र शाहीले देशभरको निर्वाचन प्रचारप्रसारको काम सकिएको र आफूहरुले यस पटक निर्वाचनमा जीत हासिल गर्ने बताए। उनले उज्यालो नेपाल अभियान र प्राधिकरणलाई व्यावसायिक र सबल संस्था बनाउने आफ्नो सङ्गठनको योजनालाई सबै कर्मचारीले साथ दिने बताए।

यस्तै संघले पनि निर्वाचन अभियान सकारात्मक रुपमा सम्पन्न भएको जनाएको छ।

-kathmandupress

Write your Comment