काठमाडौं ।
मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी २६ औं विश्व प्रेस स्वतन्ता दिवस मनाइँदैछ ।
नेपालमा पनि यो वर्ष ‘लोकतन्त्र र शान्तिका लागि मिडिया : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ मनाइँदै छ ।
सन १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।
गत वर्षको तथ्यांकलाई हेर्दा स्वीडेन, नर्वे र फिनल्यान्ड उत्कृष्ट प्रेस स्वतन्ता भएका मुलुक ठहरिएका छन् । प्रेस स्वतन्त्रतासम्बन्धी काम गर्दै आएको अमेरिकी संस्था फ्रिडम हाउसले गरेको अध्ययनले यो नतिजा देखाएको हो । त्यस्तै सबैभन्दा खराब राष्ट्रको सूचीमा सिरिया परेको छ । नेपाल प्रेस स्वतन्त्रतासम्बन्धी सूचीमा ५४ औं स्थानमा छ ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा संविधान निर्माण गरी निर्वाचन गराउने गौरवपूर्ण काम भएपनि प्रेस माथिको खतरा अझै कायमै रहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रता र मानवअधिकारको रक्षा गर्न आयोग दृढ रहेको बताए ।
Write your Comment