कस्तो अचम्म , हाइभोल्टेज प्रसारण लाईनको टावरमा किन सुते यि मानिस ?(हेर्नुहोस भिडियो)

रातोघर

 २१ बैशाख २०७६, शनिबार २०:५५  मा प्रकाशित
१४२ पाठक संख्या



सिमरा , २१ वैशाख ।

बाराका पथलैया–निजगढ सडकखण्डको पथलैया साझेदारी बन ब्यवस्थापन समिती स्थित हाइभोल्टेज प्रशारण लाइनको टावरमा शनिबार दिउसो एक मानिस सुतिरहेको दृष्यले स्थानियलाई अचम्म तुल्याएको छ ।

स्थायिनका अनुसार ति मानिस साँझ बिहान सोही जँगल आसपासमा एक्ले डुल्ने गरेका थिए । शनिबार दिउसो अकस्माथ जँगलका हेरालुले टावरको माथी मानिस देखेपछी प्रहरीलाई खवर गरेका थिए ।

ढल्केबर प्रशारण लाइन १३२ केभिय टावरमा उनी अचम्म ढँगबाट टुप्पोमा सुतिरहेको अवस्थामा देखिए ।

इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी पथलैया र बनका कर्मचारी टोली उद्धारमा पुगेपनी आवस्यक संयन्त्र र प्रविधि नहुँदा रमिता हेरेर फर्किएका छन् ।
मानिसलाई उद्धार गर्न पुगेको प्रहरी साँझसम्म उपाए सुझाउन नसकेपछी फर्किएको हो । स्थानियका अनुसार सो मानिसले मानसिक सन्तुलन गुमाएको बुझिएको छ ।

(हेर्नुहोस भिडियो)

Write your Comment