प्रिमियर लिग थप रोचक, न्यूक्यासलमाथि लिभरपुलको संघर्षपूर्ण जीत

रातोघर

 २२ बैशाख २०७६, आईतवार ०८:०९  मा प्रकाशित
२६३ पाठक संख्या


एजेन्सी ।

डिभोक ओरिजितले निर्णायक गोल गर्दा लिभरपुर इंग्लिस प्रिमियर लिगो शीर्ष स्थानमा उक्लिएको छ ।

यस संगै उपाधि भिडन्तमा रहेको म्यान्चेस्टर सिटीलाई थप दबाब बढेको छ भने लिग विजेताको छिनोफानो अन्तिम खेलले गर्ने भएको छ ।

शनिबार राति सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले न्यूक्यासलमाथि ३–२ को संघर्षपूर्ण जीत निकालेको हो ।
खेलको १३ औं मिनेटमा लिभरपुलका लागि भानले पहिलो गोल गरेका थिए ।

तर त्यसको ६ मिनेट बित्न नपाउँदै न्यू क्यासलका लागि अट्सुले गोल फर्काएका थिए । पहिलो हाफमा अग्रता बनाउने क्रममा सलाहाले २८औं मिनेटमा गोल गरेका थिए ।

५४ औं मिनेटमा न्यु क्यासलका लागि रनडनले गोल गर्दा उपाधि होडमा रहेको लिभरपुल दबावमा आएको थियो ।

८६ औं मिनेटमा ओरगिले गोल गर्दा लिभरपुलले महत्वपूर्ण तीन अंक जोडेको छ ।

जितसंगै लिभरपुल ३७ खेलबाट ९४ अंकसहित पहिलो नम्बरमा उक्लिएको छ । एक खेल कम खेलेको सिटीको ९२ अंक छ ।

Write your Comment