आज विश्व हाँसो दिवस

रातोघर

 २२ बैशाख २०७६, आईतवार ०८:२१  मा प्रकाशित
६५४ पाठक संख्या


काठमाण्डाै ।

आइतबार विश्व हाँसो दिवस । भारतको मुम्बईका डाक्टर मदन कटारियाको पहलमा सन् १९९८ देखि मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउन लागिएकाे हाे ।

उहाँकाे पहलमा हाँसोमा आधारित योगामार्फत हाँसो दिवसका रुपमा मनाउन सुरु गर्नुभएको हो । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्‍याउने योग विज्ञको भनाइ छ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई छ ।

Write your Comment