अब हलमै हेर्न मिल्नेछ ‘पोर्न फिल्म’

रातोघर

 २२ बैशाख २०७६, आईतवार १३:०६  मा प्रकाशित
३४३ पाठक संख्या



नेदरल्यान्ड्सको राजधानी एम्सटर्डम नहर, संग्रहालय र रेड लाइट एरियाका लागि प्रसिद्ध छ। संसारभरिका मानिस यहाँ घुम्न आउँछन्। ऐतिहासिक स्थलका साथै यहाँका यौनकर्मीका अखडा पनि उनीहरूको भ्रमण रोजाइमा पर्छ।

हालसालै त्यहाँ नयाँ सिनेमा हल खुलेको छ, जसको नाम हो ‘फाइभ डी पोर्न’। हलमा एक्स–रेटेड थ्रीडी फिल्म देखाइन्छ। जहाँ हावा, पानी, पानीका फोका, प्रकाश र हिउँसम्बन्धी अनुभूतिसहित यौन फिल्म हेर्न पाइन्छ।

 

अनुभवलाई अझ तीव्र बनाउन हलका सिट चल्ने र कम्पित हुने व्यवस्था मिलाइएको छ। सिनेमा हलकी सञ्चालक नाटालीका अनुसार यहाँ देखाइने पोर्न फिल्मको अनुभव विशिष्ट तुल्याउन पोर्नस्टार किम हल्यान्डसँग सहकार्य गरिएको छ।

टिकट शुल्क साढे १२ डलर राखिएको छ। यति तिरेपछि दर्शकले ६ मिनेटको फिल्म हेर्न पाउँछन्। अनलाइन बुकिङबाट टिकट खरिद गर्न सकिन्छ। ‘यहाँ दर्शकले पोर्न फिल्मको बिलकुल नयाँ स्वाद र अनुभव लिन पाउनेछन्,’ सञ्चालक नाटालीले भनिन्।

Write your Comment