काठमाडौं।
आज २०७६ साल वैशाख २३ गते सोमबार । राजधानीबाट प्रकाशित हुने राजधानी राष्ट्रिय दैनिकले गुठीको जग्गा बेचविखनको समाचारालाई ‘मठाधीशले तीन करोडमा बेचे गुठीको जग्गा’ शीर्षकमा मुख्य समाचार छापेको छ ।
रुपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको छ । गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाए पनि मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले झण्डै तीन करोड मुल्य बराबरको ३ कट्ठा ५ धुर जग्गा दुई जनालाई बेचेको समाचारमा जनाइएको छ ।
त्यसैगरी राजधानी दैनिकले ‘मिल्दै जनयुद्धका मित्र’ शीर्षकमा फोरम नेपाल र नयाँ शक्तिबीच आज हुने एकताको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई भित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्का उपप्रधानमन्त्रीसम्म भए । अहिले पुनः मिल्ने भएका छन् भन्ने आशयको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।
त्यस्तै पत्रिकाले उच्चस्तरीय भूमि आयोग गठन प्रस्थाव अर्थ मन्त्रालयबाट स्वीकृत भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । सरकाले देशभरका सरकारी जग्गाको अवस्थाबारे वास्तविकता पत्ता लगाई भूमाफियाको अतिक्रमणमा परेका सरकारी, सार्वजनिक तथा गुठी जग्गा सरकारको नाममा ल्याउने तयारी थालेको समाचारमा उल्लेख छ ।
एक वर्ष भित्र हडपिएका जग्गा फिर्ता ल्याउने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् ।
Write your Comment