काठमाडौं ।
पछिल्लो समय नेपालमा बाथ रोगीहरु बढ्दै गएको राष्ट्रिय बाथ रोग सेन्टरले जनाएको छ । नेपालमा ४० लाख बाथ रोगी रहेको चिकित्सकहरुले बताएका छन् ।
बाथ रोगका बिरामीमध्य १० प्रतिशतमा ढाडको बाथ रोग भटिने गरेको सेन्टरकी डाक्टर डाक्टर श्वेता नकर्मीले बताइन् । । ढाडको बाथ रोगले मेरुदण्डमा असर पर्ने डा नकर्मीको भनाइ छ । ढाडको बाथ रोग ४५ वर्ष मुनिका पुरुषमा बढी रहेको छ ।
ढाडको बाथ रोगको लक्षण
–मेरुदण्ड बिहानीपख दुख्ने,
– विस्तारै मेरुदण्ड बाङ्गिदै जाने,
– हात तथा खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने,
–बिहान अरठ्ठो हुने,
–आखा बारम्बार रातो भएर दुख्ने,
–कुर्कुच्चाको मुनि वा पछाडी दुख्ने ।
बाथ रोगको समयमै पहिचान र उपचार गरेको यो रोग निको हुन्छ । तर समयमा उपचार नगर्दा मेरुदण्ड र जोर्नीहरु बाङ्गिने, जोडिने तथा मुटुको भल्बको समस्या, फोक्सोमा जालि पर्ने र मिर्गौलामा पनि असर पर्नसक्ने डा नकर्मीले बताइन् ।
उनले भनिन, ‘समयमै उपचार शुरु गर्न सकेमा यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ तर समयमा उपचार गरिएन भने मुटु, फोक्सो र मिर्गौलामा समेत असर पर्छ ।’
बाथ रोगको समयमै उपचार नगर्ने व्यक्तिको आयु १० वर्ष कम हुने डा नकर्मीको भनाइ छ ।
Write your Comment