अमेरिका।
अमेरिकामा पहिलो पटक मिस अमेरिका, मिस टिन युएसए र मिस युएसए तीनै वटा सुन्दरी प्रतियोगितामा काला जातिका सुन्दरी विजयी भएका छन् ।
अमेरिकाको नर्थ क्यारोलाइना राज्यकी अधिवक्ता चेसिल क्रिष्टले मिस युएसएको ताज पहिरिएकी थिइन् ।
त्यसअघि गत महिना कलिग गारिसले मिस टिन युएसएको उपाधि जितेकी थिइन् । त्यो भन्दा पनि अघि गत सेप्टेम्बरमा न्यूयोर्क शहरकी निना फ्रांकलिन मिस युएसए बनेकी थिइन् ।
अमेरिकाको सुन्दरी प्रतियोगिताको इतिहासमा कालाजातिका सुन्दरीले तीनवटै प्रतियोगितामा विजयी भएको यो पहिलो पटक हो ।
सन् १९२१ मा अमेरिकामा सुन्दरी प्रतियोगिताको शुरुआत भएपनि सन् १९४० सम्म कालाजातीका सुन्दरीलाई यस्ता प्रतियोगितामा सहभागी गराइएको थिएन ।
-khabarhub
Write your Comment