इप्रका कोल्हबीले गर्यो नगर प्रमुखकै रहोबरमा घरेलु मदिरा नष्ट

नबिन चौधरी

 २३ बैशाख २०७६, सोमबार १४:५७  मा प्रकाशित

कोल्हबी (बारा) ।

इलाका प्रहरी कार्यालय कोल्हबीले २ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा बरामद गरिएको अवैध घरेलु मदिरा सोमबार कोल्हबी नगरपालीकाका प्रमुख भरत भण्डारीकै उपस्थितीमा नष्ट गरिएको हो ।

घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग गरिने १ हजार ५ सय लिटर कच्चा पदार्थ सहित कोल्हबीको कार्गोल स्थित खाल्डोमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरिक्षक प्रहरी प्रमुख पुष्कर बोगटीले जानकारी दिए ।
मदिरा नष्ट गर्ने कार्यक्रममा उपस्थित भएका कोल्हबी नगरपालीकाका प्रमुख भण्डारीले घरेलु मदिरा रहित नगर बनाउने अभियान स्वरुप अगाडी बढेको जानकारी दिए ।

नगरपालिकाका प्रमुख कार्यकारी प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ , वडा नम्बर १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी , ईलाका प्रशासन कार्यालयका प्रतिनिधि मधुरेश कुमार साह, शसस्त्र बेश क्याम्प कोल्हबीका प्रमुख राजकुमार जर्गा मगर , बारा उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबीका अध्यक्ष महेश कुमार साह लगायतको उपस्थितीमा सो घरेलु मदिरा नष्ट गरिएको हो ।

Write your Comment