बीरगंजमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा बाराका एकजनाको ज्यान गयो

रातोघर

 २३ बैशाख २०७६, सोमबार १५:१८  मा प्रकाशित
७६ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ ब्रहम चोकमा आइतबार राति करिब ९ बजे ना ३८ प ९३३० नम्बरको मोटरसाइकल र ना २३ प ८९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्कीएका हुन ।

ज्यान जानेमा एक मोटरसाइकलका चालक बाराको बारागढी गाउँपालिका–४ सुखिपाथराका ५० वर्षीय दीलिप साह रहेको प्रहरीले जनाएको छ

दुर्घटनामा ना ३८ प ९३३० नम्बरको मोटरसाइकलका चालक साह गम्भीर घाइते भएका थिए । साहको नारायणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

Write your Comment