बाबुराम–उपेन्द्रको समाजवादी पार्टीले घोाषणा गर्यो संघीय परिषद (नामावलीसहित)

रातोघर

 २३ बैशाख २०७६, सोमबार १५:५९  मा प्रकाशित
३६१ पाठक संख्या



काठमाडौं। 

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच एकतापछि बनेको समाजवादी पार्टी नेपालले संघीय परिषदको घोाषणा गरेको छ ।  सोमबार राजधानीमा  दुई पार्टीबीच एकता भएलगत्तै परिषदको घोषणा गरिएको हो । संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराई र कार्यसमिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन् भने सहअध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् ।

बरिष्ठ नेतामा अशोक राई रहेका छन् भने ८ जना उपाध्यक्ष हुने भएका छन् । उपाध्यक्षहरुमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन् । त्यस्तै महासचिवमा गंगानारायण श्रेष्ठ, रनध्वज कन्दङ्वा, रामसदाय यादव रहेका छन् । त्यस्तै उपमहासचिवमा डम्बर खतिवडा,दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी रहेका छन् ।

त्यस्तै सचिवमा इस्तियाक राई, दुर्गा सोम, प्रशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषध्यक्षमा  विजय यादव रहेका छन् । सदस्यहरुको नाम आउन बाँकी छ ।

Write your Comment