अमेरिकी डीभी चिठ्ठाको नतिजा आज प्रकाशित हुने

रातोघर

 २४ बैशाख २०७६, मंगलवार २०:३४  मा प्रकाशित
४१७ पाठक संख्या



काठमाडौं ।
अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा मंगलबार राति प्रकाशित हुने भएको छ । काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार नेपाली समयअनुसार राति ९ः ४५ बजे नतिजा प्रकाशित हुनेछ ।
डीभी चिठ्ठा परे नपरेको यहाँ हेर्न सकिनेछ । तर, डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने भन्दै दूताबासले सचेत गराएको छ ।

Write your Comment