काठमाडाैं ।
सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज लगाएको छ । सर्वोच्चको मंगलबारको आदेशपछि गृह मन्त्रालयद्वारा मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन प्रक्रिया सबै रोकिएको छ ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासले जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता नबाँड्न अन्तरिम आदेश दिएको छ । इजलासले गम्भीर विषय रहेको कारण देखाउँदै विवादलाई पूर्ण इजलासमा पठाएको छ । यसअघि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गत वैशाख ३ गते गृहको सर्कुलरलाई बाटो खोलिदिएको थियो ।
उक्त आदेशलाई मंगलबारको आदेशले निष्प्रभावी बनाइदिएको छ ।
-annapurna
Write your Comment