कलैया ९ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

अजय शाह

 २५ बैशाख २०७६, बुधबार ०८:३१  मा प्रकाशित
२८४ पाठक संख्या



कलैया ।
कलैया उपमहानगरपालिका उपप्रमुख रहिमा खातुनले सोमवार एक कार्यक्रम बीच निशुल्क स्वास्थ्य शिविरको उदघाटन गरेकी छिन ।
कलैया उप.म.न.पा.वडा नम्बर ९ मा रहेको मदर्सा दारुल इस्लाम राम्पुरको प्राङ्गणमा उपप्रमुख खातुनले निशुल्क शिविरको उदघाटन गरेकी हुन । उपप्रमुख खातुनले मैनबत्ती बालेर उदघाटन गरेकी थिईन ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा तरन्नुम खातुनले स्थानिय सुनैना देविको चेकअप गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।
गाउ घर मै सर्वसाधारणको स्वास्थ्यमा पहुच पुगोस भन्ने उद्धेश्यले निशुल्क शिविरको सञ्चाल गरिएको वडाध्यक्ष डा अख्तर असारीले बताए । गाउँघरका अशिक्षित गरिब दक्ष विशेषज्ञ चिकित्सकको पहलबाट टाढा रहेकोहरुको लागि गाउ घर मै प्रसुती तथा स्त्री रोग विशेषज्ञ, आखा रोग विशेषज्ञ र हाडजोर्नी तथा नशा रोग लगायतका चिकित्सकलाई बोलाई निमाुखा जनताको स्वास्थ्यमा पहुच पुरयाउर्ने उद्देश्यले शिविर संचालन गरिएको वडाध्यक्ष डा असारीले बतएका छन ।
साथै यस्बाट आयेका मोतियबिन्द तथा अङ्ग खस्ने बिरामी को निसुल्क अप्रेसन गरिने छ, वडा अध्यक्ष ले बताए ।
शिविरबाट दुई सय ३४ जनालाई चेकजाँच गरि निशुल्क औषधी समेत वितरण गरिएको वडाध्यक्ष डा.अख्तरले बताएका छन । शिविरबाट २५ जना महिलामा पाठेघर सम्बन्धि रोग भएको पत्ता लागेको तथा ४८ जनामा मोतिया बिन्द भयेको आयोजकले बताएका छन ।
हकिम पोलिक्लिनिकको आयोजनामा संचालन गरिएको शिविरमा वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. तरन्नुम खातुन, आँखा रोग विशेषज्ञ डा.पदम राज विस्ट , हार्डजोर्नी तथा नश रोग विशेषज्ञ डा अख्तर रेजा लगायतका डाक्टरहरुले शिविरमा आएका स्थानीयहरुलाई चेक जाँच गरेका थिए ।

Write your Comment