एउटै बाेकाकाे मूल्य ४ लाख ६५ हजार !

रातोघर

 २६ बैशाख २०७६, बिहीबार ०८:२९  मा प्रकाशित
२७४ पाठक संख्या



धेरै नेपालीले बाख्रा पाल्छन् । बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ ।  तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा बढी छ भन्दा पत्याउन गाह्रो छ ।
झापा हल्दिबारी गाउँपालिका १ गोलधापका गणेश पराजुली एउटा बाख्राको पाठा ४ लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाखदेखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएका छन् ।

Write your Comment