बारा।
गाउँलेले बहिस्कार गरेपछि बाराका एक यादव परिवार विस्थापित भएका छन् । जिल्लाको सुवर्ण गाउपालिका ६ धरमपुर टोलका अवधेश यादवको परिवार विस्थापित भएको हो ।
धार्मिक परम्परा अनुसार काजकृया नगरेको भन्दै यादवको परिवारलाई सामाजिक बहिस्कार गरेपछि उनीहरु घरमा ताल्चा ठोकी गाउ छोड्न बाध्य भए ।
पिताको काजकिरिया सामाजिक परम्परा र धार्मिक रीतिरिवाज अनुसार नगरेको भन्दै पुर्व गाविस अध्यक्ष विद्यानन्द प्रसाद यादवले गाउ भेला गरेर सामाजिक बहिस्कार गर्न लगाएको पिडित अवधेश यादवले बताए ।
उनका पिता अनुठा यादवको यही बैशाख १५ गते उपचारका क्रममा निधन भएपछि स्थानीय फलही खोलामा दाहसंस्कार गरेका थिए । मलामीका रुपमा गाउका १५ जना जति उपस्थित भए पनि अन्य कविरापन्थी धर्म अनुसारका शिष्यहरु थिए ।
घरपरिवारले अपनाएको कबिरापन्थी धर्म अनुसार सातदिनमा काजकिरिया सकिए पछि गाउका अगुवा, स्थानीय नेता लगायतका व्यक्तिहरुले घरपरिवारलाई सामाजिक बहिष्कार गरेर गाउबाट विस्थापित गराएको मृतक यादवका छोरा अवधेशले दुखेसो पोखे ।
स्थानीय विद्यानन्द यादव, हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, बैद्यनाथ गिरी, श्रीनिवास बरै, रामअश्रे राउत, रामाधार राउत सहितका गाउका अगुवा भनाउदा व्यक्तिहरुले गाउमा सबै व्यक्तिलाई भेला गराएर यादव परिवारलाई बहिष्कार गर्न उर्दी जारी गरेको अवधेशले जानकारी दिए ।
पिडित यादव परिवारसंग बोल्ने वा कुनै किसिमको व्यवहार, कारोवार गरेमा तीस हजार दण्ड गर्ने निर्णय गरे पछि उनी ७ दिनको क्रियाकर्म सकेर गाउ छोड्न बाध्य भए ।
त्यही डरले गाउका कुनैपनी व्यक्तिले उनको परिवारसंग बोल्न समेत हिम्मत गरेनन् । काम गर्ने वातावरण समेत नभएपछि उनी आफ्नो घर र व्यवसाय छोडी हेटौडा गएर बसिरहेका छन् ।
गाउका अगुवाहरुको बहिष्कारका कारण यादवको पक्की घरमा ताल्चा लागेको छ भने उनको चामल मिल समेत बन्द रहेकोछ । सामाजिक बहिष्कारका कारण अवधेश सहित उनका नौ जना परिवार अहिले हेटौडामा बसिरहेका छन् ।
यस सम्बन्धमा वडा नं. ६ का वडा अध्यक्ष शिवधारी दासले आफुलाई यो घटनाको बारेमा थाहा नभएको भन्दैे अव बुझ्ने बताए । यस सम्वन्धमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले उक्त विषयलाई लिएर प्रशासनमा कोही नआएको भन्दै त्यस्तो घटना हो भने बुझ्ने बताए ।
Write your Comment