मिस नेपाल-२०१९ बनिन् अनुष्का श्रेष्ठ (फोटो फिचर)

रातोघर

 २७ बैशाख २०७६, शुक्रबार ०६:५७  मा प्रकाशित
१८८ पाठक संख्या


काठमाडौं ।

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्। कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दैअनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

कसले कुन विधामा उपाधि जिते
१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति
३. मिस ग्ल्यामरः रोज लामा
४. मिस फोटोजेनिकः रोज लामा
५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
६. मिस न्याचुरल स्किनः जेनी महर्जन
७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
८. मिस कन्फिडेन्टः निशा पाठक
९. मिस पपलुर च्वाइसः रिया बस्नेत
१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य

Write your Comment