बीरगंज भन्सार ३ दिन बन्द

रातोघर

 २७ बैशाख २०७६, शुक्रबार ०७:२३  मा प्रकाशित
२११ पाठक संख्या


पर्सा।

भारतीय लोकसभा निर्वाचनका कारण बीरगन्ज भन्सार तीन दिनका लागि बन्द हुने भएको छ ।

बिहारमा हुने निर्वाचनका कारण २७ देखि २९ वैशाखसम्म सीमा बन्द हुने भएकाले भन्सार काार्यलय पनि बन्द हुने पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भारतीय पक्षको आग्रहमा तीन दिन सीमा नाका बन्द गर्न लागिएको उनले बताए । दुवै पक्षको सहमति र समन्वयमा निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द गरिने भएको उनको भनाइ छ ।

भारतीय लोकसभा निर्वाचनलाई लक्षित गरी पछिल्लो पटक सीमावर्ती सुरक्षा निकायका अधिकारीहरुको समन्वय बैठक डेढ महिना अघि मोतिहारीमा बसेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

बिहार लगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात २८ वैशाखमा निर्वाचन हुँदैछ । लोक सभाको ५ सय ४३ सदस्य सिटमध्ये ४० जना बिहारबाट निर्वाचित हुन्छन् ।

Write your Comment