महालक्ष्मी बिकास बैँक सिमराले दियो बिद्यार्थीलाई खेलकुद सामग्री

रातोघर

 २७ बैशाख २०७६, शुक्रबार १५:२८  मा प्रकाशित
४२५ पाठक संख्या



सिमरा ।
महालक्ष्मी बिकास बैँक सिमरा शाखाले एक बिद्यालयलाई खेलकुद सामग्री प्रदान गरेको छ ।
बैँकले सामाजिक उत्तरदायित्व अनुरुप जीतपुरसिमरा उपमहानगरपालीका १ पथलैयामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयलाई करिब पच्चीस हजार बराबरको खेलकुदका सामग्री हस्तान्तरण गरेको हो ।
बैँकले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरकी उपप्रमुख सरस्वती चौधरीको प्रमुख आतिथ्यतामा सामग्री बितरण गरेको हो ।
कार्यक्रममा बोल्दै सिमरा शाखाका प्रवन्धक पुरुषोत्तम अधिकारीले बिद्यार्थीहरुलाई शारिरीक तथा मानसिक बिकासमा टेवा पुग्नेगरी फलामे पिङ, चिप्लेटी लगाएतका सामग्री बितरण गरिएको बताए ।
महालक्ष्मी बिकास बैँक सामाजिक उत्तरदायित्व बोधमा सधैँ अगाडी रहेको भन्दै प्रबन्धक अधिकारीले आगामी दिनमा पनी शैक्षिक क्षेत्रमा सहयोगी बन्ने बताए ।
कार्यक्रममा नगरकी उपमेयर सहित , जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समिती, शिक्षक, अभिभावक, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

Write your Comment