औराहामा खुल्यो सुबिधा सम्पन्न ‘लन्ज एण्ड बार’

रातोघर

 २८ बैशाख २०७६, शनिबार १०:२३  मा प्रकाशित
२३० पाठक संख्या



सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा सुबिधासम्पन्न ‘ब्रदरहुड लन्ज एण्ड बार’ सञ्चालनमा आएको छ । करिब ८० लाखको लागतमा औराहास्थित देवाश्रम नजिकै निर्माण गरिएको लन्ज एण्ड बारको प्रदेशसभा सदस्य सुन्दर बहादुर बिश्वकर्माले उद्घाटन गरेका हुन् ।

बार उद्घाटन गर्दै प्रदेशसभा सदस्य बिश्वकर्माले सिमरालाई प्रदेश २ कै पर्यटकीय गन्तब्यका रुपमा बिकास गर्न यसले पनी महत्वपूर्ण भुमिका खेल्ने बताए ।

स्थानमा निर्माणधीन बिशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना हुने क्रमले तिब्रता लिँदै जाँदा सोही क्षेत्रमा निर्माण गरिएको सुबिधासम्पन्न होटलले सिमरा, औराहाको गरिमालाई अझ उचो बनाउने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश सांसद बिश्वकर्माले रोजगारी खोज्दै युवाहरु बिदेशिने क्रम बढीरहेका बेला औराहाका युवा ब्यवसायीले चालेको कदम र आँटको  प्रशंसा गर्नुपर्ने बताए । साथै औराहामै रहेको देवाश्रमलाई पनी पर्यटकीय गन्तब्य र पार्क क्षेत्रका रुपममा बिकास गर्न आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सिमरा क्षेत्रमै पहिलोपटक चार सय जना पाहुनाहरुलाई एकैसाथ स्वागत गर्न मिल्लेगरी निर्माण गरिएको उक्त बारमा बिवाह पार्टी, सेमिनार लगायतका कार्यक्रमहरु गर्न सकिने युवा ब्यवसायी एवं बारका सञ्चालक नबीन खड्काले जानकारी दिए । सिमरा क्षेत्रको कोलाहल बातावरणबाट मुक्त भई परिवारका साथमा रमाईलो गर्न चाहानेहरुका लागी लक्षीत गरी लगानी गरिएको उनले बताए ।

बारमा ग्राहकको मनोरञ्जनका लागी प्रतक्ष सांगितिक प्रस्तुती लाईभ म्युजिक को पनी ब्यवस्था गरिएको खड्काले जानकारी दिए । उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष ईश्वर खत्री, होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने लगायत स्थानिय बिभिन्न संघसंस्थाका पदाधीकारी एवं शुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । बेद बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारका सञ्चालक नबिन खड्काले स्वागत मन्तब्य राखेका थिए ।

Write your Comment